शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

बिक्री घटेपछि विश्वभरबाट १० प्रतिशत कर्मचारी कटौती गर्दै टेस्ला

मंगलबार, वैशाख ४ २०८१
बिक्री घटेपछि विश्वभरबाट १० प्रतिशत कर्मचारी कटौती गर्दै टेस्ला

मस्को पोस्टसँगै टेस्लाका दुई उच्च पदस्थ अधिकारी, ब्याट्री विकास परियोजना प्रमुख पब्लिक पोलिसी प्रमुखले पनि टेस्ला छोडेको बताएका हुन्।

काठमाडौं- अमेरिकी विद्युतीय सवारी उत्पादक कम्पनी टेस्लाले विश्वभरबाट १० प्रतिशतभन्दा बढी कामदार कटौती गर्ने घोाषणा गरेको छ। विद्युतीय सवारीमा अस्वभाविक 'प्राइस वार' भइरहेको र बिक्रीमा केही कमी आएपछि टेस्ला यस्तो निर्णयमा पुगेको हो। 

हरेक पाँच वर्षमा कम्पनीको पुनर्संरचना र व्यवस्थित बनाउनु पर्ने हुन्छ ताकि नयाँ तहबाट वृद्धि निकाल्न सकिने अवस्था बन्नोस् भन्ने सचिएको टेस्लाका सीईओ एलन मस्कले एक्समा पोस्ट गरेका छन्। 

मस्को पोस्टसँगै टेस्लाका दुई उच्च पदस्थ अधिकारी, ब्याट्री विकास परियोजना प्रमुख पब्लिक पोलिसी प्रमुखले पनि टेस्ला छोडेको बताएका हुन्। मस्कको उक्त निर्णयबाट टेस्लाका लगानीकर्ताहरू भने असन्तुष्ट देखिएको रोयटर्सले लेखेको छ। 

२०२२ ताका मस्कले कर्मचारी कटौती हुनसक्ने बताएका थिए। अमेरिकी नियामकका अनुसार टेस्लामा २०२१ मा १ लाख कर्मचारी थिए भने २०२३ मा आइपुग्दा करिब १ लाख ४० हजार कर्मचारी पुगिसकेको थियो। 

सोमबार टेस्लाको सेयर प्रतिकित्ता १ सय ६१.४८ डलरमा कारोबार भएको थियो। मस्कले कर्मचारीहरूलाई भनेका छन्, ‘हामी कम्पनीको नयाँ चरणको वृद्धि चाहिरहेका छौँ, सबै कोणबाट हेर्दा यो कम्पनीका लागि अपरिहार्य देखिएको छ। खर्च कटौती र उत्पादकत्व बढाउनु पर्ने बाध्यतामा कम्पनी छ।’ यी सबै कुरालाई मध्यनजर गर्दै कम्पनीले विश्वभरबाट १० प्रतिशतभन्दा बढी कर्मचारी कटौती गर्न लागेको मस्कले बताएका हुन्। 

टेस्लाले हाल प्रिमियम सेगमेन्टका विद्युतीय कारमात्र उपलब्ध रहेको छ। मस्कले पनि मास मार्केट विद्युतीय कार आवश्यक रहेको महसुस गरेरै गत वर्ष २५ हजार डलरभन्दा कम मूल्यको विद्युतीय कार ल्याउने बताएका हुन्। 

टेस्ला मोडल टूका रुपमा २०२५ भित्रै मास मार्केट ईभी ल्याउने तयारीमा टेस्ला रहेको छ। 


प्रकाशित : मंगलबार, वैशाख ४ २०८१११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend