शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नेपालमा ओमोडाको १५१ भन्दा बढी 'ई फाइभ' बिक्री

सोमबार, वैशाख ३ २०८१
नेपालमा ओमोडाको १५१ भन्दा बढी 'ई फाइभ' बिक्री

कार्यक्रममा ओमोडा खरिद गर्ने ग्राहकहरूलाई प्रमुख अतिथि चेन सोड‌द्वारा गाडीको साँचो हस्तान्तरण गरिएको हो।

काठमाडौं- नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नेपालमा १ सय ५१ भन्दा बढी ओमोडा ई फाइभ बिक्री गरेको छ। बुकिङ भएको १ सय ५१ भन्दा बढी गाडीको हस्तान्तरणसँगै काठमाडौंको उत्तरढोका स्थित ओमोडाको सोरुमको औपचारिक उद्घाटन पनि गरिएको छ। 

नेपालका लागि चीनका राजदूत सोङ चेन, शारदा ग्रुपका अध्यक्ष एसआर शारदा, ओमोडा नेपालका कन्ट्री डाइरेक्टर सोङ हुआइफु, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदले संयुक्त रुपमा सोमबार शोरुमको उद्घाटन गरेको हुन्।  कार्यक्रममा ओमोडा खरिद गर्ने ग्राहकहरूलाई प्रमुख अतिथि चेन सोड‌द्वारा गाडीको साँचो हस्तान्तरण गरिएको हो।

कार्यक्रममा शारडा ग्रुपका निर्देशक गौरव शारडाले औपचारिक रुपमा ओमोडाको गाडी गत २ फेब्रुअरीमा नेपालमा बुकिङ खुल्ला गरिएको बताए। नेपालका मात्रै चार सयभन्दा बढीको बुकिङ भइसकेको र १ सय ५१ गाडी हाल नेपाली सडकमा गुडिरहेका उल्लेख गरे। नेपाली ग्राहकहरूमाझ फ्युचरिस्टिक गाडीहरू प्रस्तुत गर्न पाउँदा र छोटो समयमा नै राम्रो प्रतिक्रिया प्राप्त गर्दा उत्प्रेरित र उत्साहित भएको बताए। 

सार्वजनिक भएको केही महिनाभित्रै ओमोडाले ग्राहकवर्गबाट अत्यधिक साथ पाइ प्रतिस्पर्धीको तुलनामा सर्वाधिक रुचाइएको गाडीको रूपमा उभिएको छ। विद्युतीय र दिगो भविष्यका निम्ति अग्रगामी प्रविधिसहित छलाङ मार्दै, एसपीजी अटोमोबाइल्सले उत्कृष्ट प्रविधियुक्त ओमोडा इ फाइभु मोडल लन्च गरेको थियो।

यो गाडीको मुख्य आकर्षण भनेको अत्याधुनिक ६१ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्लेड ब्याट्री हो, जसको प्रभावशाली उर्जाले एक पटकको चार्जमा डब्लूएल टीपी रेन्ज ४ सय ३० किलोमिटर दिन्छ। यस गाडीमा यात्रु तथा चालकका लागि २.५ लेभलको महत्वपूर्ण एडास सुरक्षा विशेषताहरु उपलब्ध छन्।

एसपीजी आटोमोबाइल्स प्रालि ओमाडा र जेइको अटोमोबाइल्स कम्पनी लिमिटेडको नेपालको लागिआधिकारीक वितरक हो। 

एपीजीले सवारी बिक्रीसँगै सर्भिस तथा चार्जिङ पूर्वाधा निर्माणलाई पनि प्रथमिकता दिएको छ। एसपीजीले चार्जिङ स्टेसनमा लगानी गरिरहेको छ। जति डिलर पोइन्ट छ सबै ठाउँमा २२ किलोवाटको चार्जिङ पोइन्ट अनिवार्य जडान गरिरहेको छ। देशका प्रमुख सहरहरुमा चार्जिङ र सर्भिसका लागि काम भइरहेको शारदाले बताए। 

लक्सजरी र विशेषताका कारण ओमोडा ई फाइभ धेरैको रोजाइमा पर्नेछ। यो कार २० देखि ८० प्रतिशत चार्ज हुन डीसी फास्ट चार्जरबाट २७ मिनेटमात्रै लाग्छ। अन्य धेरै विशेषताका कारण ओमोडा ई फाइभ नेपाली उपभोक्तामा लोकप्रिय हुँदै गएको कम्पनीले जनाएको छ। 


प्रकाशित : सोमबार, वैशाख ३ २०८११६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend