शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

शोरुम आइपुग्यो निटा एक्स, मूल्य ५२ लाख ९९ हजारबाट सुरु

सोमबार, वैशाख ३ २०८१
शोरुम आइपुग्यो निटा एक्स, मूल्य ५२ लाख ९९ हजारबाट सुरु

यो विद्युतीय एसयूभीमा १ सय किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ।

काठमाडौं- होजोन अटोको सब ब्रान्ड निटाको एसयूभी मोडल नेपाल आइपुगेको छ। सीजी मोटरले निटाको दोस्रो मोडल निटा एक्स ल्याएको हो। 

सीजी मोटरले निटा एक्सको बुकिङ नाडा अटो शो २०२३ मै खुलाएको थियो। बुकिङ खुलाएको लामो समयपछि मात्र निटा एक्स काठमाडौं आइपुगेको छ। एसयूभी सेगमेन्टको यो विद्युतीय कारको सुरुवाती मूल्य ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

आकर्षक डिजाइन, ठूलो साइज र राम्रो रेन्ज दिने निटा एक्समा ६२ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध रहेको छ। यो विद्युतीय एसयूभीमा १ सय किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ।

neta x1.jpg

सीजी मोटरले निटा एक्सको औपचारिक सार्वजनिक गरिसकेको छैन। निटा एक्स नेपाली बजारमा विभिन्न तीन भेरियन्टमा उपलब्ध छ। एक्स कम्फर्टले एक पटकको फुल चार्जमा ४ सय किलोमिटर रेन्ज दिने छ भने मूल्य ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

त्यस्तै ५ सय किलोमिटर रेन्ज दिने कम्फर्ट भेरियन्टको मूल्य भने ५७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। इन्टेलिजेन्ट भरियन्टले पनि एक पटकको फुल चार्जमा ५ सय किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ। यो भेरियन्टको मूल्य भने ६१ लख ९९ हजार रुपैयाँ तोकिएको छ। 

यसअघि सीजी मोटरले निटा भी नेपाल ल्याएको थियो। दुई वर्षअघि आएको यो विद्युतीय कार क्रसओभर सेगमेन्टको हो।  


प्रकाशित : सोमबार, वैशाख ३ २०८१११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend