बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नयाँ वर्षसँगै टेलिकमको स्प्रिङ अफर, प्रयोगकर्तालाई दर्जन सुविधा

शुक्रबार, चैत ३० २०८०
नयाँ वर्षसँगै टेलिकमको स्प्रिङ अफर, प्रयोगकर्तालाई दर्जन सुविधा

नयाँ भ्वाइस प्याकेजअन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट र ५ सय ३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ।

काठमाडौं- नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधा सार्वजिनक गरेको छ। कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको छ।

कम्पनीले १८ रुपैयाँमा १ दिनसम्म नेटवर्कमा कल गर्न सकिने (अल नेट) २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध गराएको छ। ३५ रुपैयाँमा २ घण्टा सम्म प्रयोग गर्न सकिने २ घण्टा उपलब्ध छ। यीबाहेक विभिन्न दरका भ्वाइस, डाटा र एमएमएस प्याकसमेत उपलब्ध रहेको टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार नयाँ भ्वाइस प्याकेजअन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट र ५ सय ३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ। भने ३५ दिन सम्म जुनसुकै समय र जुनसुकै नेकवर्कमा पनि उपलब्ध गर्न सकिने १४०० मिनेट अल नेट भ्वाइस प्याक ५९९ रुपैयाँमा उपलब्ध हुनेछ।

यसैगरी डाटा प्याकेज अन्तर्गत २४ रुपैयाँमा १ घण्टा भ्वाइस र डाटा प्याकेज उपलब्ध हुनेछ। सो प्याकेज खरिद गरेमा एक घण्टा सम्म कम्पनीकै नेटकर्वमा (अन-नेट) अनलिमिटेड कल गर्न र डाटा चलाउन सकिन्छ। त्यसैगरी २० रुपैयाँमा १ चलाउन सकिने ३ जिबी डाटा प्याक प्याक ८० रूपैयाँमा ३ दिनसम्म चलाउन सकिने छ। त्यस्तै १०९ रुपैयाँमा ७ दिन ३ जिबी डाटा प्याक उपलब्ध हुनेछ। यी बाहेक ३९९ मा २८ दिनसम्म चलाउन सकिने १३ जिबी डाटा प्याक समेत उपलब्ध छ।

यसैगरी प्रिपेड तथा पोस्टपेड उपलब्ध सजिलो अनलिमिटेड प्याकहरु परिमार्जन गरिएको छ। भने नयाँ प्याकेजको रुपमा सजिलो एक्जक्युटिभ प्याक सञ्चालन भएको छ। जीएसएम टुजी तथा थ्रीजी सिम प्रयोगकर्ताहरुलाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइने छ। यसरी टुजी वा थ्रिजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजी एक्टिभेट गरेमा ३ जिबी डाटा, १०० मिनेट भोल्टी भ्वाइस कल र ५० अन-नेट एमएमएस सुविभा उपलब्ध हुनेछ। 


प्रकाशित : शुक्रबार, चैत ३० २०८०१४:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend