शुक्रबार, माघ २५ गते २०८१    
शुक्रबार, माघ २५ २०८१
images
images

ईभी चढ्न कुनै पनि हिसाबले डराउनु पर्दैन, सुविधायुक्त छ

images
images
images
ईभी चढ्न कुनै पनि हिसाबले डराउनु पर्दैन, सुविधायुक्त छ

वातावरणीय हिसाबले पनि ईभी राम्रो छ। प्रदूषण गर्दैन। ध्वनी प्रदूषण पनि यसबाट हुँदैन। नेपालको विद्युत उत्पादन र खपतमा सहयोग नै हुन्छ।

images
images

अरू गाडीको तुलनामा विद्युतीय गाडी राम्रो, आरामदायी र सुविधायुक्त छ। पेट्रोल गाडीभन्दा सस्तो र कम खर्चिलो त छँदैछ, चलाउन पनि निकै सजिलो छ। उपत्यकाभित्र गुडाउन त झनै सहज छ।

images
images
images

मैले टियागो ईभी प्रयोग गर्न थालेको ६ महिना भयो। यसमा भएका विशेषताले गर्दा पनि चलाउन सहज भएको छ। टियागोमा एसी, डीसी दुवैखाले चार्जिङ सुविधा रहेको छ।

images
images

चार्जिङको कुरालाई लिएर मानिसहरू अलि सशंकित हुने गरेको सुनिन्छ तर चार्जिङका लागि त्यस्तो कुनै समस्या भएको छैन। चार्जिङ स्टेसनहरू पनि बनिरहेका छन्। आरामले घरमा नै पनि चार्ज गर्न सकिन्छ। चार्ज एकैपटक शतप्रतिशत घट्‍ने भन्ने त हुँदैन। त्यो हिसाबले आफ्नो यात्राको अवस्था हेरेर चार्ज गर्न सकिहालिन्छ।

images
images
images

बाहिर निस्कँदा पनि चार्जिङमा समस्या छैन। विद्युत प्राधिकरणकै पनि चार्जिङ स्टेसनहरु ठाउँ-ठाउँमा उपलब्ध छ। कतिपय होटल रेस्टुरेन्टहरुमा पनि चार्जिङ पूर्वाधार राख्ने काम भइरहेको छ। केही समय आराम गरेर खानाखाजा खाँदा चार्जिङको काम पनि भइ नै हाल्छ।

विशेषगरी पेट्रोलमा मासिक १५ हजार रुपैयाँसम्म खर्च भइराखेकोमा अहिले ईभी चढ्दा दुई हजार रुपैयाँ खर्चले पुगिरहेको हुन्छ। सिट क्षमताकै कुरा गर्दा टियागोमा नै पनि पाँचजना आरामले बस्न मिल्ने सुविधा छँदैछ। ठिक्कको परिवारमा यो गाडी सुविधायुक्त नै छ। उपत्यकाभित्र चलाउनका साथै कहिलेकाहीँ बाहिर जान पनि समस्या छैन।

मेरो विचारमा ईभी गाडीहरूलाई सरकारले पनि प्रोत्साहन दिनुपर्छ। एक त वातावरणीय हिसाबले पनि यो राम्रो छ। प्रदूषण गर्दैन। ध्वनी प्रदूषण पनि यसबाट हुँदैन। दोस्रो कुरा त यसले विद्युतीय बजारलाई पनि बढाउँछ। नेपालको विद्युत उत्पादन र खपतमा सहयोग नै हुन्छ। त्यही भएर सरकारले ईभी गाडीहरूलाई अझ बढी प्रोत्साहन दिनुपर्छ।

विद्युतीय गाडीको प्रयोगकर्ता बढाउन सरकारले पनि त ध्यान दिनुपर्छ। किनभने यो बजारले अरु क्षेत्रलाई पनि त प्रत्यक्ष सहयोग गरिरहेको छ। पेट्रोलियम पदार्थ भनेको हाम्रो यहाँको उत्पादन होइन। हामीले आयात गरेर ल्याउने पेट्रोलियम पदार्थभन्दा त यहाँ नै उत्पादन भएको र प्रचुर सम्भावना रहेको बिजुली ठीक हुन्छ नि।

बिजुली गाडी चलाउन कुनै पनि हिसाबले डराउनु पर्दैन। यसको दायरा बढ्दै छ। चार्जिङका लागि पनि जुन डर देखिन्छ त्यो समस्या हुँदैन। प्रयोगकर्ताका लागि सहज र राम्रो छ। पेट्रोल पनि त नाकाबन्दीलगायत विभिन्न कारणले नपाउने सम्भावना त हामीले भोगेकै हो, मूल्यवृद्धिले पनि समस्या भइरहन्छ। त्यसैले भइपरिआउने समस्या त ईभीमा नै कम हुन्छ। आफूअनुकूल चलाउन सकिन्‍छ।


प्रकाशित : शनिबार, वैशाख १ २०८१००:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend