बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नारायणी नदीमा ३० अर्ब लगानीमा आइल्याण्ड रिसोर्टसहित वाटरल्याण्ड परियाेजना

बिहीबार , चैत २९ २०८०
नारायणी नदीमा ३० अर्ब लगानीमा आइल्याण्ड रिसोर्टसहित वाटरल्याण्ड परियाेजना

परियोजनामा सबैभन्दा आकर्ष ठूलो पानीको झरना समेत तयार पारिने छ। जसमा संगीतमय नृत्य र बत्तीहरु समेत राखेर राजमार्गको दुबैबाट सहर हेर्न सकिने सकिने छ।

काठमाडौं- भरतपुरस्थित नारायणी नदीमा आइल्याण्ड रिसोर्टसहित वाटरल्याण्ड तयार पारिने भएको छ। स्वदेशी र विदेशी पर्यटकका लागि नयाँ गन्तव्य खडा गर्नका लागि निजी क्षेत्रको लगानीमा ठूलो परियोजना अगाडि सारिएको हो।

सरकारले बैशाख १६ र १७ गते गर्न लागेको तेस्रो लगानी सम्मेलनमा उक्त परियोजना सोकेसमा राख्न निजी क्षेत्रको संस्था नेपाल उद्योग वाणिज्य महासंघले प्रस्ताव गरेको हो।

प्रस्तावमा पर्यावरणमैत्री परियोजनामा रिसोर्ट, मनोरञ्जन र थिम पार्क, होटल र विभिन्न अन्य आकर्षक टापुहरू समेत निर्माण गरिने उल्लेख छ। नारायणी नदीको छेउछाउको क्षेत्र र एक अद्वितीय स्मरणीय गन्तव्य बनाउने गरी प्रस्ताव गरिएको हो। 

आइल्यान्ड टापुमा रिसोर्ट तयार हुनेछ। नारायणी नदीले घेरिएका टापुहरूमा अवस्थित रहेकोले पनि यो परियोजना आकर्षक हुने महासंघको प्रस्ताव छ।

आगन्तुकहरूलाई उत्कृष्ट अनुभवहरू प्रदान गराउनका लागि दुई प्रकारका भिल्लाहरुः परम्परागत नेपाली र लक्जरी भिल्लाहरु होटलमा तयार पारिने छ। परियोजनाका लागि झन्डै ३० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। होटल, रिसोर्ट, वाटरफाउण्ड, बन्जी जम्पदेखि क्रूज र साना डुंगासमेत सञ्चालन गरिने छ। 

narayani resort 1.JPG

मनोरञ्जनको सबैभन्दा आकर्षक भने वाटरफन पार्क हुनेछ। रोलरकोस्टर, फेरीस ह्वील, पौंडी पोखरी जस्ता साहसिक र खेलहरूसमेत रिसोर्टमा राखिने छ।

बालमैत्री सवारी र साहसिक कार्यका लागि पनि पूर्वाधार खाडा हुनेछ। बालबालिका र वयस्क दुवैका लागि बहुविध खेलहरूको लागि सुविधा उपलव्ध हुनेछ। बलिङ, आर्केड, भिडियो गेम, आर्चरी, आदि खेला खेल्न मिल्ने गरी परियोजना तयार पारिने छ। 

होटलमा लक्जरी यात्रा अनुभव लिन सकिनुको साथै सेमिनार हाल, सुसज्जित विवाह र कन्सर्टको हलसमेत तयार हुने छ। जिल्लाको प्रमुख किनमेल स्थल चलचित्र थिएटरको सुविधा र पर्यटकहरुले समान किन्न सक्नेगरी कम्प्लेक्ससमेत तयार पारिने छ।

बहुभोजनसहितको रेष्टुरेन्टमा विश्वभरका पर्यटकले आफ्नै स्वाद खान पाउने छन्। रेष्टुरेन्ट रिसोर्ट, होटल क्रुज र समुन्द्र तटमा समेत तयार पारिने छ। 

परियोजनामा सबैभन्दा आकर्ष ठूलो पानीको झरना समेत तयार पारिने छ। जसमा संगीतमय नृत्य र बत्तीहरु समेत राखेर राजमार्गको दुबैबाट सहर हेर्न सकिने सकिने छ।  

नदीमा बिलासी क्रूज सञ्चालन हुने छ। त्यस्तै छोटो मोटर डुंङ्गा पनि सञ्चालन गरिने छ। जिपलाइन र बन्जी जम्प सुविधाहरू समेत रिसोर्टमा तयार पारिने छ। नदी, जङ्गल र सहरको शानदार दृश्यहरूको समेत पर्यटकले अवलकोलन गर्न पाउने छन्। 

नेपालमा बार्षिक १२ लाख पर्यटक भित्रने गरेका छन्। कोरोनापछि केही घटेता पनि गतवर्ष पुनः १० लाख भन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्।

सन् २०२४  मा १४ लाख पर्यटक आउने अनुमान गरिएको छ। जसका लागि काठमाडौं, पोखरा र चितवन पहिलो रोजाइका गन्तव्य समेत हुन। सोही कारण पनि निजी क्षेत्रले विदेशी लगानी सहितको उक्त परियोजना अगाडि सारेका हुन। निर्माणमा भने सरकार र निजी क्षेत्रको संयुक्त लगानी हुने छ।

खासगरी भरतपुर महानगरको विशेष पहलमा उक्त परियोजना प्रस्ताव गरिएको छ। जसका लागि निजी क्षेत्रले चासो दिँदै लगानी खोज्न लागेका हुन्। परियोजना सिधै ३ हजार ५ सय व्यक्तिले रोजगारी पाउने र १० हजारभन्दा बढीले परियोजनाबाट लाभ पाउनेसमेत प्रस्तावमा उल्लेख गरिएको छ। 


प्रकाशित : बिहीबार , चैत २९ २०८००६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend