बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मोबाइलबाटै अभिभावकले छोराछोरीको पढाइ प्रगति हेर्न मिल्ने नेपालकै पहिलो एप सार्वजनिक

आइतबार, चैत २५ २०८०
मोबाइलबाटै अभिभावकले छोराछोरीको पढाइ प्रगति हेर्न मिल्ने नेपालकै पहिलो एप सार्वजनिक

नबुझेका कुरा शिक्षकलाई प्रश्न गरिरहेका छन् कि छैनन् जस्ता कुरा थाहा पाउन सक्नेछन्। परीक्षामा विद्यार्थीले कुन विषयमा कति अंक ल्याएका छन् र त्यसमा गुरुले दिएको सल्लाह पनि मोबाइलबाट नै हेर्न पाउनेछन्।

काठमाडौं- अनलाइन माध्यममा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकले आफ्नै मोबाइलबाट छोराछोरीको प्रगति हेर्न मिल्ने एप नेपालमै पहिलोपटक सार्वजनिक भएको छ।

एम्बिसन गुरु नेपाल प्रालिले ल्याएको यो एपबाट अभिभावकले एम्बिसन गुरुमा अध्ययनरत आफ्ना छोराछोरी वा भाइबहिनीले एपमा कति समय बसेर पढिरहेका छन्। उनीहरुले पढाइमा कति प्रगति भइरहेको छ। विद्यार्थीले कतिवटा लाइभ क्लास लिए, कति वटा छुटाए। कुनकुन परीक्षामा सहभागी भए थाहा पाउन सकिन्छ।

नबुझेका कुरा शिक्षकलाई प्रश्न गरिरहेका छन् कि छैनन् जस्ता कुरा थाहा पाउन सक्नेछन्। परीक्षामा विद्यार्थीले कुन विषयमा कति अंक ल्याएका छन् र त्यसमा गुरुले दिएको सल्लाह पनि मोबाइलबाट नै हेर्न पाउनेछन्।

कुनकुन विषयमा अझ मेहनत गर्नुपर्ने छ जस्ता कुरा अत्याधुनिक प्रविधिले गाईड गर्नेछ।

यस्तै प्रत्यक्ष गुरुसँग पनि परामर्श लिन सकिने छ। आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलामा छोराछोरीबाट टाढा बस्नुपर्ने बाध्यात्मक अवस्थामा रहेका अभिभावका लागि यो एप वरदान सावित हुने कम्पनीको विश्वास रहेको छ।

ई लर्निङ प्लेटफर्म एम्बिसन गुरुमा स्थापनाको छोटो समयमा हाम्रो एप डाउनलोड गर्नेको संख्या एक लाखभन्दा बढी पुगेको छ। नेपालकै उत्कृष्ट गुरूहरूबाट एसईई, साइन्स, मेनेजमेन्टका ब्याच्लर र माष्टर्स लेभलका विभिन्न विषयका परीक्षाको तयारी अनलाइनबाट गराउने समेत कम्पनीले जनाएको छ।

लोक सेवा, शिक्षक सेवा, संस्थानहरू, बैंकहरू, सुरक्षा निकायका विभिन्न दरबन्दीका लागि खुलेका आवेदनको तयारी कक्षा सञ्चालन गरिरहेको छ। यस्तै आयल्ट्स्, कोरियन र जापनिज भाषा पनि सिकाउने कमपनीको भनाइ छ।

कम्पनीको सामाजिक उत्तरदायित्व र शिक्षामा सबैको समान पहुँच होस् भन्ने उद्देश्यले हालै सम्पन्न एसईईका पाँच हजार विद्यार्थीलाई छात्तवृत्ति प्रदान गरेको समेत कम्पनीले जनाएको छ। भविष्यमासमेत यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले जनाएको छ। 


प्रकाशित : आइतबार, चैत २५ २०८०१८:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend