बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

एमसीसीको वासिङटन बैठकले नेपाललाई पुनः भन्यो- छिटो कार्यान्वयनमा लैजानु

बिहीबार , पुस १ २०७८
एमसीसीको वासिङटन बैठकले नेपाललाई पुनः भन्यो- छिटो कार्यान्वयनमा लैजानु

नेपाललाई अमेरिकी सहयोग संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले संसदबाट छिटो अनुमोदन गर्न पुनः आग्रह गरेको छ।

काठमाडौं- नेपाललाई अमेरिकी सहयोग संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले संसदबाट छिटो अनुमोदन गर्न पुनः आग्रह गरेको छ।

नेपालमा संसदको बैठक सुरु भएका वेला एमसीसीको मुख्य कार्यालय अमेरिकाको वासिङटन डिसीमा सम्पन्न भएकाे समीक्षा बैठकले अनुमोदनका लागि आग्रह गरेको हो। 

अमेरिकामा एमसीसीको मंगलबार बसेको बोर्ड बैठकमा एमसीसी-नेपाल कम्प्याक्टको अवस्था र हालसम्म भएका प्रगतिबारे छलफल भएको थियो। ‘एमसीसी बोर्ड बैठकले नेपाल सरकारले एमसीसी कम्प्याक्ट चाँडै अनुमोदन गर्ने भनि जनाएको प्रतिबद्धतालाई जानकारीमा लिएको छ’ वासिङ्टनस्थित एमसीसी मुख्यालयले विज्ञप्तिमा भनेको छ। 

नेपालको संसदबाट एमसीसी चाँडै अनुमोदन हुने अपेक्षा लिएको छ।  नेपाल कम्प्याक्ट खारेजीबारे भने बैठकमा कुनै पनि छलफल भएको छैन।   गत महिना नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले सम्झौता अनुमोदन गर्ने वा फिर्ता गर्ने निर्णय लिन नेपाली राजनीतिक दल र सरकार प्रमुखसँग आग्रह गरेका थिए। 

डिसेम्बर १४ अर्थात यही मंसिर २८ गते मंगलबारभित्र एमसीसीबारे निर्णय लिन उनले आग्रह गरेका थिए। सोहीअनुसार प्रधानमन्त्री देउवाले संसद बैठक आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेको बुझिएको छ। तर संसदको कार्यसूचीमा एमसीसीको विषय भने परेको छैन। 


प्रकाशित : बिहीबार , पुस १ २०७८०२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend