बिहीबार , वैशाख २० गते २०८१    
images
images
तेस्रो लगानी सम्मेलन

यी २७ परियोजनामा खोजिँदै १२ खर्ब ६४ अर्ब लगानी, कुनको लागत कति?

images
images
images
यी २७ परियोजनामा खोजिँदै १२ खर्ब ६४ अर्ब लगानी, कुनको लागत कति?
images
images

काठमाडौं- सरकारले आउने बैशाख १६ र १७ गते लगानी सम्मेलन आयोजना गर्दै छ। लगानी सम्मेलन व्यवस्थापनको सम्पूर्ण काम लगानी बोर्डले गरिरहेको छ।

images
images
images

बोर्डले सम्मेलनको समय नजिकिँदै जाँदा प्रस्ताव गरिने परियोजना छनोट तथा तिनीहरूको विवरण तयार पार्ने काम गरिरहेको छ।

images

बोर्डले सरकारको तर्फबाट पेस हुने २७ वटा आयोजनाको संक्षिप्त रिपोर्ट तयार पारेको छ। २७ वटा आयोजनाको कुल लागत १२ खर्ब ६४ अर्ब ८७ करोड रुपैयाँ अनुमान गरिएको छ।

images

बोर्डले तयार पारेको पहिलो चरणको सूचीमा हाइड्रोपावर, सडक, सुरूङ मार्ग, पर्यटकीय गन्तव्यको विकास तथा केबलकार परियोजनासमेत रहेका छन्। 

images
images

कुन आयोजनामा कति लगानी?

१. दाउन्ने सुरुङ मार्ग

पूर्वपश्चिम राजमार्गको नवलपुर र नवलपरासीको सीमामा रहेको दाउन्नेमा सुरुङ मार्ग निर्माणको परियोजना लगानी सम्मेलनको सोकेसमा राखिएको छ। आयोजनाको लागत १९ अर्ब अनुमान गरिएको छ। सुरुङ मार्गको लम्बाइ १.०६५ किलोमिटर रहेको छ।

२. धरान लेउती सुरुङ मार्ग

यसैगरी लगानी सम्मेलनको सोकेसमा धरान लेउती सुरुङ मार्गसमेत राखिएको छ। आयोजनाको लागत ११ अर्ब ३८ करोड अनुमान गरिएको छ। सुरुङ मार्गको लम्बाइ ३.८६ किलोमिटर रहेको छ।

३. दैजी औद्योगिक क्षेत्र

योऔद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय २०७२ चैत १ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको थियो। उक्त आयोजना तेस्रो लगानी सम्मेलतको सोकेसमा समावेश भइको छ। यो आयोजना कञ्चनपुरको वेदकोट पर्दछ।

मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला यो कार्यक्रम घोषणा भएको थियो। औद्योगिक क्षेत्रको शिलन्यास दोस्रो पटक प्रधानमन्त्री भएको बेला केपी ओलीले गरेका थिए। आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ। लगानी बोर्डले तयार पारेको विवरणमा आयोजनाको कुल लागत अनुमान ८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ।

४. शक्तिखोर ‌‌औद्योगिक क्षेत्र

लगानी सम्मेलनको लागि लगानी बोर्डले तयार पारेको सोकेसमा शक्तिखोर औद्योगिक क्षेत्र पनि समावेश गरिएको छ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले माओवादी लडाकु शिविर रहेको चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो। तर अहिलेसम्म ‌औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढेको थिएन। 

५. पोखरामा अन्तर्राष्ट्रिय सेमिनार हल

लगानी सम्मेलनमा प्रस्ताव गरिने  सोकेसहरुको सूचिमा पोखरामा अन्तर्राष्ट्रिय सेमिनार हलको परियोजना समेत समावेश गरिएको छ। पोखरामा पाँचतारे होटलसहित अन्तर्राष्ट्रिय सेमिनार हल निर्माणको आयोजनासमेत लगानी सम्मेलनमा दाताहरूमाझ राखिने भएको छ।

पोखरामा  तीन हजार जना अट्ने क्षमता भएको अन्तर्राष्ट्रिय सेमिनार हलसहितको पूर्वाधार निर्माणका लागि लगानी बोर्डले आयोजनाको विवरण तयार पारेको छ। आयोजनाको पूर्वसम्भाव्यता अध्ययन भइसकेको बोर्डले तयार पारेको विवरणमा उल्लेख छ। आयोजनाको कुल लागत ३ अर्ब ७१ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ।

आयोजनाअन्तर्गत ३ हजार क्षमताको सेमिनार हल निर्माण हुने छ। जहाँ प्रदर्शनी र सांस्कृतिक केन्द्र (दुई प्रदर्शनी हल, प्रदर्शन क्षेत्र र मुख्य ग्यालेरी) रहनेछ। साथै हल निर्माण क्षेत्रमा पाँचतारे होटल, रेस्टुरेन्ट र फूड कोर्ट संग्रहालय, पिकनिक क्षेत्र, बाल पार्क, सवारी साधन पार्किङ क्षेत्र तथा एम्फीथिएटर लगायतका संरचना निर्माण हुने छ।

६. सुदूरपश्चिममा सार्वजनिक यातायात

बोर्डले सुदूपश्चिमका मुख्य शहरहरुमा सञ्चालन हुने गरी सार्वजनिक यातायात सञ्चालनको परियोजना सोकेसमा राखिएको छ। बोर्डले आयोजनाको नाममा सुदूपश्चिम सार्वजनिक यातायात विकास आयोजना राखेको छ।

बोर्डले पूर्वाधार विकास अन्तर्गत आयोजना राखेको छ।  बोर्डले आयोजनाको पूर्वअध्ययन सम्भाव्यता सकिएको जनाएको छ। बोर्डले आयोजनाको कुल लागत अनुमान २ खर्ब ३२ अर्ब रुपैयाँ गरेको छ।

प्रदेशभित्र विशेषगरी धनगढी, महेन्द्रनगर, अत्तरिया जस्ता ठूला सहरमा सार्वजनिक यातायातको बढ्दो माग पूरा गर्न र अन्तर प्रदेश माग पूरा गर्न यो परियोजना परिकल्पना गरिएको छ।

७. बहरमहल  प्लाजा

बोर्डले सोकेसमा बहरमहलमा प्रसाशकीय प्लाजा भवन समेत राखेको छ। जहाँ ३० वटा भन्दा बढी केन्द्रीय सरकार मातहतका विभागहरु रहने छ।

परियोजनको विस्तृत अध्ययन सम्भाव्यता अध्ययन सकिएको बोर्डले जनाएको छ। आयोजनाको कुल लागत १० अर्ब २० करोड अनुमान गरिएको छ। जहाँ पार्किङ सुविधा र व्यावसायिक स्थान सहित ३० सरकारी विभागहरूको लागि कार्यालय ठाउँ रहने गरी संरचना निर्माण हुनेछ।

८. हाई इन रिसोर्ट

यो परियोजना पनि बोर्डले सोकेसमा राखेको छ। परियोजनाको डिपीआर तयार भइसेको छ। आयोजनाको लागत  ४ अर्बको अनुमान गरिएको छ।

यो परियोजनाले  विलासी, पर्यावरण मैत्री रिसोर्टको परिकल्पना गरेको छ। रिसोर्टले शान्तता र प्राकृतिक सौन्दर्यको अनुपम अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

९. महादेव खोला जलाशय

यो आयोजना पनि लगानी सम्मेलनको सोकेसमा राखिएको छ। आयोजनाको लागत २ अर्ब ४५ करोड रुपैयाँ अनुमान गरिएको छ। आयोजनको विस्तृत अध्ययन रिपोर्ट समेत तयार भइसेको छ।

महादेव खोला वाटर इम्पाउन्डिङ ड्याम धेरै वाटर इम्पाउन्डिङ ड्याम मध्ये एक हो। यस योजनाले चाँगुनाको उपनगरीय सहरहरूसहित महादेव खोला जलाधार क्षेत्रका बस्तीहरूमा खानेपानी सेवा सुधार गर्ने लक्ष्य राखेको छ।

१०.  कर्णाली-चिसापानी विन्ड परियोजना

कर्णाली-चिसापानीमा हावाबाट १० मेगावाट विजुली उत्पादन गर्ने परियोजना समेत लगानी सम्मेलनको सोकेसमा राखिएको छ। लगानी बोर्डका अनुसार परियोजनाको विस्तृत सम्चाव्यता अध्ययन भइसकेको छ।

आयोजनको लागत १ अर्ब ४७ करोड रुपैयाँ अनुमान गरिएको छ। परियोजनास्थल कैलाली लम्कीचुवा नगरपालिकामा अवस्थित छ। कर्णाली-चिसापानी पुलको ३.३ किलोमिटर डाउनस्ट्रीम भित्र पर्छ। विस्तृत सम्भाव्यता अध्ययनले प्रत्येक २.० मेगावाटको विन्ड टर्बाइनको ५ हुने सिफारिस गरेको छ।

११. नौमुरे बहुउद्देशीय परियोजना

बोर्डले लगानी सम्मेलनको लागि तयार पारेको सोकेस नौमुरे बहुउद्देशीय परियोजना समावेश हुने भएको छ। विद्युत विकास विभागले २ सय १८ मेगावाट क्षमताको आयोजनाको लगात १ खर्ब १५ अर्ब ३३ करोड लाग्ने अनुमान गरेको छ।  

यो आयोजना २१८.३४ मेगावाट क्षमताको नौमुरे भण्डारण आयोजना (भण्डारण योजना), लमाताल जलविद्युत आयोजना ८ मेगावाट र सुरैनाका जलविद्युत् आयोजना ५४.७ मेगावाटसँग एकीकृत रूपमा डिजाइन गरिएको बहुउद्देश्यीय आयोजना हो।

१२. खिम्ती जलाशय हाडड्रोपावर 

यो आयोजना पनि लगानी सम्मेलमा दाताहरु माझ प्रस्ताव गर्ने गरी लगानो बोर्डले तयारी गरेको छ। विद्युत विकास विभागले आयोजनाको विस्तृत अध्ययन सकिसकेको जनाएको छ। आयोजनाको लागत २ खर्ब ८९ अर्ब ७७ करोड रुपैयाँ अनुमान  गरिएको छ।

आयोजना दोलखा र रामेछाप जिल्ला पर्दछ। न्यूनतम ६ घण्टा सञ्चालन हुने जलाशय युक्त आयोजना हो। स्थापित क्षमता १२१६ मेगावाट छ।

१३. हुम्ला कर्णाली हाइड्रोपावर

यो आयोजना पनि लगानी सम्मेलनको सोकेसमा परेको छ। ६१.०२ मेगावाट क्षमताको आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ। आयोजनाको लागत १३ अर्ब ७५ करोड ५० लाख अनुमान गरिएको छ। रन अफ दी रिभर प्रकृतिको आयोजना हुम्दा जिल्लामा पर्दछ। 

१४. अफर चमेलिया हाइड्रोपावर

यो आयोजना पनि लगानी बोर्डले तेस्रो लगानी सम्मेलनको सोकेसको लिष्टमा समावेश गरेको छ। ५३.८५ मेगावाट क्षमताको आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ। आयोजनाको लागत ११ अर्ब ८० करोड रुपैयाँ अनुमान गरिएको  छ। रन अफ दी रिभर प्रकृतिको आयोजना  दार्चुला जिल्ला पर्दछ।

१५.कावादी खोला हाइड्रोपावर

लगानी बोर्डले ३० मेगावाटको कावादी खोला जलविद्युत परियोजना पनि लगानी सम्मेलनको लागि तयार पारेको सोकेसमा समावेश गरेको छ। ५ अर्ब ८१ करोड रुपैयाँ लागत  अनुमान गरिएको आयोजनाको सम्भाव्यता अध्ययन सकिएको छ।  आयोजना रन अफ दी रिभर प्रकृतिको हो। 

१६. कालिगण्डकी २ जलशाय आयोजना

यो आयोजना पनि तेस्रो  लगानी सम्मेलनको सोकेसमा परेको छ। ६ सय ५० मेगावाट क्षमताको जलशाययुक्त आयोजना  सम्भाव्यता अध्ययन सम्पन्न भएको छ। आयोजनको लागत १ खर्ब ३३ अर्ब २१ करोड रपैयाँ अनुमान गरिएको छ।

१७. टम डगर बुढीगण्डकी हाइड्रोपावर

यो आयोजना पनि तेस्रो लगानी सम्मेलनको सोकेसमा परेको छ। सम्भाव्यता अध्ययन सम्पन्न भएको आयोजनाको कुल लागत ९ अर्ब ८० करोड रुपैयाँ अनुमान गरिएको छ।  आयोजनाको क्षमता ४०.०२ मेगावाट रहेको छ।

१८. सुपर बुढीगण्डकी हाइड्रोपावर

यो आयोजना पनि लगानी सम्मेलको सोकेसमा समावेश गरिएको छ। ३४.९३ मेगावाट क्षमताको रन अफ दी रिभर आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भएको  बोर्डले तयार पारेको संक्षिप्त सूचीमा उल्लेख छ। आयोजनको लागत ७ अर्ब ६३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। 

१९.वेथानचोक नारायणथान दर्शन केबलकार

यो आयोजना पनि लगानी सम्मेलन सोकेसमा समावेश गरिएको छ। आयोजनाको कुल लागत ३ अर्ब ५२ करोड रुपैयाँ अनुमान गरिएको छ। वेथानचोक गाउँपालिलले आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भएको जनाएको छ। 

२०. सिस्नेरी खानेपानी परियोजना

काठमाडौं उपत्यकामा सिस्नेरी खोलाको पानी ल्याउने परियोजना समेत लगानी सम्मेलनको सोकेसमा समावेश गरिएको छ। आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको लगानी बोर्डले जनाएको छ। आयोजनाको लागत पहिलो चरणमा ४४ अर्ब २० करोड र दोस्रो चरणमा ३७ अर्ब रुपैयाँ अनुमान गरिएको छ। 

२१. चन्दागिरी-चित्लाङ-चितवन एक्सप्रेस वे

लगानी बोर्डले तेस्रो लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुराएको छ। बोर्डले अहिले धमाधम लगानी सम्मेलनमा पेस गरिने सोकेसको विस्तृत विवरण तयार गरिरहेको छ। जसमा चन्द्रागिरी-चित्लाङ-चितवन एक्सप्रेस वे पनि सोकेसमा राखिने भएको छ।

प्रस्तावित आयोजनाबाट उच्च गतिको यातायात सेवा प्रदान गर्नुका साथै देशको आर्थिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। सडकको लम्बाइ ९६.५ किलोमिटर हुने छ।

२२. जानकी हेरिटेज होटल तथा कल्चरल भिलेज

यो परियोजना पनि लगानी सम्मेलनको सोकेसमा राखिएको छ। आयोजनाको पूर्व सम्भाव्यता अध्ययन भएको जनाइएको छ। आयोजनाको लागत २ अर्ब ३५ करोड रुपैयाँ रहेको छ।

जनकपुरको सांस्कृतिक तथा धार्मिक सम्पदाको सदुपयोग गरी आन्तरिक तथा वाह्य दुवैतर्फ आकर्षित गर्न पाँचतारे होटल, दुई विवाह भोज, सांस्कृतिक गाउँ र जातीय सङ्ग्रहालय निर्माण गर्ने आयोजनाले जनाएको छ।

२३. मलेखु-लोथर  सडक सुरुङ मार्ग

यो आयोजना पनि लगानी सम्मेलनको सोकेसमा राखिएको छ। आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको लगानी बोर्डले तयार पारेको विवरणमा उल्लेख छ।

आयोजनाको कुल लागत अनुमान ८ अर्ब ८६ करोड रुपैयाँ गरिएको छ।  जसमा ३६.४८ किलोमिटर सडक, ३.३६ किलोमिटर सुरुङ मार्ग र ३ वटा मेजर पुल निर्माण गरिने छ। 

२४. धुलिखेल मेडिसिटी

यो आयोजना पनि लगानी सम्मेलनको सोकेसमा समावेश गरिएको छ। पूर्व सम्भाव्यता अध्ययन भइसकेको आयोजनाको लागत ११ अर्ब रुपैयाँ अनुमान गरिएको छ। जहाँ शिक्षण अस्पताल सहित मेडिकल साइन्सेस स्कूल (३०० शैया) एकीकृत चिकित्सा संस्थान (१०० शैया) निर्माण गरिने आयोजनाले जनाएको छ।  

धुलिखेल मेडिसिटी आयोजना सम्पन्न भएपछि नेपालको सबैभन्दा ठूलो स्वास्थ्य सेवा संस्था हुनेछ। परियोजनाले मुख्यतया दन्त, जेरियाट्रिक, एकीकृत औषधि र स्वास्थ्यसँग सम्बन्धित विभिन्न रोगहरू भएका आगन्तुकहरूलाई लक्षित गर्ने लगानी बोर्डले तयार पारेको विवरणमा उल्लखे छ।

२५. खप्तड राष्ट्रिय निकुञ्ज विकास परियोजना

सुदूरपश्चिमको पर्यटन विकासका लागि खप्तड राष्ट्रिय निकुञ्ज एकीकृत पार्क विकास परियोजना समेत लगानी बोर्डले सोकेसमा राखेको छ। पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको आयोजनाको लागत ६ अर्ब ७८ करोड रुपैयाँ अनुमान गरिएको छ।

खप्तड राष्ट्रिय निकुञ्जलाई सुदूरपश्चिमको प्रमुख गन्तव्यको रुपमा विकास गर्ने  लक्ष्य लिइएको छ। परियोजनाले गुणस्तरीय आवास, मनोरञ्जन सुविधाहरू, र पर्यावरण-मैत्री पहुँच निर्माण जस्ता राष्ट्रिय निकुञ्जको पूर्वाधार विस्तारमा केन्द्रित हुने जनाएको छ।

आयोजनाभित्र १८ किलोमिटर लामो दारुगाउँ-तमेल सडकको स्तरोन्नति, ल्यान्डस्केप स्तरवृद्धि र मर्मत, विभिन्न ट्रेल्स र पोखरी मर्मत, पार्क सुविधाहरू, साइकल मार्ग, आध्यात्मिक केन्द्र, पर्यटक सूचना केन्द्र, केबल कार  लगायका संरचना निर्माण हुने छ।

२६. मिर्चैया-कटारी-घुर्मी सडक

यो सडक निर्माण आयोजना पनि लगानी सम्मेलनको सोकेसमा राखिएको छ। आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन भइसकेको छ। आयोजनाको लागत १० अर्ब ६९ करोड रुपैयाँ अनुमान गरिएको छ। सडक खण्ड ७२ किलोमिटर रहेको छ। २ लेनको सडक मिर्चैयाबाट सुरु भएर घुर्मीमा गएर अन्त्य हुनेछ। 

२७. पाँचखाल सेज

लगानी बोर्डले तेस्रो लगानी सम्मेलनमा पाँचखाल विशेष आर्थिक क्षेत्र निर्माणको आयोजनालाई पनि सोकेसमा समावेश गरेको छ। बोर्डले तयार पारेको रिपोर्टमा आयोजनाको विस्तृत अध्ययन भएको जनाएको छ।

आयोजनाको लागत १ अर्ब ५७ करोड रुपैयाँ अनुमान गरेको छ। प्रस्तावित पाँचखाल औद्योगिक क्षेत्रमा ५० हेक्टर जमिन छ। जसको २५.८ प्रतिशत उत्पादन इकाईका लागि र बाँकी समर्थन सेवाका लागि प्रयोग गर्न सकिने रिपोर्टमा उल्लेख छ।

images

प्रकाशित : शुक्रबार, चैत २३ २०८००७:२५
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस