बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ मा

बुधबार, चैत २१ २०८०
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ मा

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि सो पद खाली रहँदै आएको थियो।

काठमाडौं- राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ।

राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तय गर्दै सदनमा जानकारी गराएका हुन्। उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि सो पद खाली रहँदै आएको थियो।

उपाध्यक्ष पदको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गर्न सभाध्यक्ष दाहालले संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेयलाई निर्देशन दिए। 

राष्ट्रियसभाको अर्को बैठक यही चैत २८ गते दिउँसो १ः१५ बजे बस्नेछ। रासस


प्रकाशित : बुधबार, चैत २१ २०८०१५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend