बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विश्वका अर्बपतिको नयाँ सूची सार्वजनिक, नेपालका एकमात्रै डलर अर्बपति विनोद चौधरी १७ सय ६४ औँ स्थानमा

बुधबार, चैत २१ २०८०
विश्वका अर्बपतिको नयाँ सूची सार्वजनिक, नेपालका एकमात्रै डलर अर्बपति विनोद चौधरी १७ सय ६४ औँ स्थानमा

फोर्ब्सको नयाँ सूचीअनुसार विश्वमा अर्बपतिहरूको संख्या अहिलेसम्मकै धेरै अर्थात् २ हजार ७ सय ८१ जना पुगेको छ।

काठमाडौं- अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ। जसमा नेपाल एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति १ अर्ब ८ करोड डलर पुगेको छ।

उक्त सम्पत्तिसहित चौधरी विश्वका अर्बपतिहरूको सूचीमा १ हजार ७ सय ६४ औँ स्थानमा छन्। गतवर्ष चौधरी १ हजार ६ सय ४७ औँ स्थानमा थिए। नेपालसहित विश्वका विभिन्न क्षेत्रमा व्यवसाय विस्तार गरेका चौधरी पछिल्लो समय राजनीतिमा समेत सक्रीय छन्।

चौधरी गतवर्षको संसदीय चुनावमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै पश्चिम नवलपरासीबाट सांसदमा निर्वाचित भएका थिए। चौधरी फाउन्डेसनमार्फत समाजसेवामा समेत सक्रीय रहेका चौधरीले होटल, वाइवाइ चाउचाउ, सीजी मोटर्स, सीजी ब्रान्डका विभिन्न उत्पादनहरूको नेपालसहित विभिन्न देशमा व्यवसाय विस्तार गरिरहेका छन्। 

फोर्ब्सको नयाँ सूचीअनुसार विश्वमा अर्बपतिहरूको संख्या अहिलेसम्मकै धेरै अर्थात् २ हजार ७ सय ८१ जना पुगेको छ। यो भनेको गत वर्षको भन्दा १ सय ४१ जना धेरै हो। साथै यसअघिको सर्वाधिक संख्या सन् २०२१ को भन्दा २६ ले बढी हो।

विश्वका डलर अर्बपतिहरूको कुल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ। सूचीअनुसार बर्नार्ड आर्नल्टः लुइस भिटन तथा सेफोरा लगायतका फेसन तथा कस्मेटिक ब्राण्डका मालिक बर्नार्ड आर्नल्ट यो वर्षपनि विश्वको सर्वाधिक धनी व्यक्तिको रुपमा कायमै रहेका छन्। यी फ्रेन्च अर्बपतिको सम्पत्ति २ खर्ब ३३ अर्ब डलर छ।

एलन मस्क कूल सम्पत्ति १ खर्ब ९५ अर्ब सहित दोस्रो रहेका छन्। जेफ बेजोस १ खर्ब ९४ अर्ब डलर सम्पत्ति सहित तेस्रो भएका छन्।

मार्क जुकरबर्ग चौथो स्थानमा छन्। उनको कुल सम्पत्ति १ खर्ब ७७ अर्ब छ। पाचौँमा ल्यारी इलिसन रहेका छन्। उनको कुल सम्पत्ति १ खर्ब ४१ अर्ब छ। 


प्रकाशित : बुधबार, चैत २१ २०८००९:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend