सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

माघको दोस्रो साताभित्रै चोभार सुक्खा बन्दरगाह सञ्चालन, सुरुवातदेखि नै डिजिटल भुक्तानी

images
बुधबार, मंसिर २९ २०७८
images
माघको दोस्रो साताभित्रै चोभार सुक्खा बन्दरगाह सञ्चालन, सुरुवातदेखि नै डिजिटल भुक्तानी

बन्दरगाह निर्माणको लागि १ अर्ब ६० करोड रुपैयाँमा ठेक्का भएको थियो।

images
images

काठमाडौं- माघको दोस्रो साताअगाडि नै चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आउने भएको छ। भन्सार विभागले अन्तर्राष्ट्रिय भन्सार दिवस  अगाडि नै बन्दरगाह सञ्चालनको लागि तयारी गरेको हो।

images
images
images

भन्सार विभागका महानिर्देशक नारायण सापकोटाका अनुसार सकेसम्म भन्सार दिवसअगाडि नै सञ्चालन गर्ने तयारी भइरहेको छ। 'केही गरी ढिला भएको अवस्थामा पनि भन्सार दिवसको दिनबाट भने सञ्चालनका आउने छ' उनले भने। 

images
images

चोभार भन्सार बन्दरगाहमा सञ्चालन भएदेखि नै डिजिटल भुक्तानीबाट कारोबारसमेत हुने सापकोटा बताउँछन्। बन्दगाहका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको इन्टर मोडल यातायात समितिले भौतिक संरचना निर्माण गरेको थियो। संरचना निर्माणको काम सकिइसकेको छ। 

images
images

२०७५ साल माघ ३ गते शीलान्याश गरी बन्दरगाहको संरचना निर्माणका काम सुरु भएको थियो। बन्दरगाह निर्माणको लागि १ अर्ब ६० करोड रुपैयाँमा ठेक्का भएको थियो। उक्त रकममा केही थप रकम खर्च भएको छ।

निर्माणको जिम्मा आशिष र साक्षी जोइन्ट भेन्चरले पाएको थियो। २२० रोपनी जग्गामा फैलिएको उक्त बन्दरगाहमा ३ वटा मुख्य गेट, भन्सार, क्यारेन्टिन र प्रशासनिक गरी ३ वटा भवन, ३ वटा गोदाम, ३ वटा सवारी साधनको चेकजाँच गर्ने संरचना निर्माण भएको छ।


प्रकाशित : बुधबार, मंसिर २९ २०७८०७:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend