बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
तेस्रो लगानी सम्मेलन

एलन मस्क र ज्याकमासहित विश्वका ठूला १७ धनाढ्यलाई निम्ता गयाे, जवाफ आएन

चर्चित अनुहारहरू नदेखिने निश्चित

मंगलबार, चैत २० २०८०
एलन मस्क र ज्याकमासहित विश्वका ठूला १७ धनाढ्यलाई निम्ता गयाे, जवाफ आएन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित चिनियाँ राष्ट्रपती सि जिन पिङलाई समेत निम्ता पठाइएको छ। एकदर्जन देशका परराष्ट्र र अर्थमन्त्रीलाई समेत निम्ता पठाइएको छ।

काठमाडौं- बैशाख १६ र १७ गते काठमाडौंमा हुन लागेको तेस्रो लगानी सम्मेलनमा विश्वका चर्चित उद्योगपतिको चासो नपर्ने भएको छ।

लगानी बोर्डले विश्वका १७ ठूला धनाढ्यलाई निम्ता पठाएको थियो। बोर्डले भारत, चीनसहितका धनाढ्याहरूलाई आफै निम्ता पठाएको भएपनि कुनै धनाढ्यले पनि आउने/नआउने विषयमा सूचना दिएका छैनन्।  

लगानी बोर्डले सम्मेलनका लागि एलन मस्कदेखि भारतको रिलायन्स समूहका अध्यक्ष मुकेश अम्बानी, भारतकै अडानी समूहका अध्यक्ष गौतम अडानी, फेसबुकका संस्थापक मार्क जुकरबर्ग, अलिबाबा संस्थापक ज्याक मासम्मलाई पहिलो चरणमै निम्तो पठाएको थियो। हालसम्म नेपालको लगानी सम्मेलनमा आउने कन्फर्मेशन पत्र उनीहरूले पठाएका छैनन्। 

लगानी बोर्ड नेपालमार्फत ९ सय २० लगानीकर्ता तथा विकास साझेदारका प्रमुख अधिकारीलाई निम्तो पठाएकोमा सोमबारसम्म ८० जनामात्र आउने पक्का भएको बोर्डले जनाएको छ।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित चिनियाँ राष्ट्रपती सि जिन पिङलाई समेत निम्ता पठाइएको छ। एकदर्जन देशका परराष्ट्र र अर्थमन्त्रीलाई समेत निम्ता पठाइएको छ। 

नेपालमा लगानी भएका बहुराष्ट्रिय कम्पनीका उच्च अधिकारी, निजी क्षेत्रका व्यवसायीमार्फत लगानीकर्तालाई पत्राचार गरिएको भएपनि अहिलेसम्म कुनै पनि चर्चित अनुहारले आउने पक्का गरेका छैनन्। 


प्रकाशित : मंगलबार, चैत २० २०८०१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend