सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

तोरी उत्पादनमा ‘साख’ गुमाउँदै नवलपुर

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २९ २०७८
images
तोरी उत्पादनमा ‘साख’ गुमाउँदै नवलपुर

नवलपुरले तोरी उत्पादनमा आफ्नो ‘साख’ जोगाउन सकेको छैन। केही दशक अगाडिसम्म जिल्लामा उत्पादन भएको तोरी काठमाडौँ, पोखरालगायत देशका विभिन्न सहरमा निर्यात हुने गरेको भए पनि पछिल्ला वर्षमा तोरीको उत्पादन घट्दो क्रममा छ।

images
images

काठमाडौं- नवलपुरले तोरी उत्पादनमा आफ्नो ‘साख’ जोगाउन सकेको छैन। केही दशक अगाडिसम्म जिल्लामा उत्पादन भएको तोरी काठमाडौँ, पोखरालगायत देशका विभिन्न सहरमा निर्यात हुने गरेको भए पनि पछिल्ला वर्षमा तोरीको उत्पादन घट्दो क्रममा छ।

images
images
images

जिल्लामा उत्पादन भएको तोरीले यहाँको मागसमेत धान्न नसक्ने अवस्थामा पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ। पछिल्ला वर्षमा जिल्लामा तोरीको उत्पादन निरन्तररूपमा घट्दै गएको केन्द्रका कृषि अर्थविज्ञ वर्षा न्यौपानेले बताए। न्यौपानेका अनुसार जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा एक हजार २८० मेट्रिक टन तोरी उत्पादन भएको थियो। सो आवमा जिल्लाको एक हजार २०० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो।

images
images

त्यसैगरी आव २०७७/७८ मा जिल्लामा एक हजार २०५ मेट्रिक टन तोरी उत्पादन भएको थियो। सो आवमा करिब एक हजार १२० हेक्टर क्षेत्रफलमा तोरीखेती लगाइएको थियो। चालु आवमा भने करिब एक हजार २०० मेट्रिक टन तोरी उत्पादन हुने अनुमान गरिएको छ। यस वर्ष नवलपुरको करिब एक हजार १८० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिए पनि उत्पादन घट्ने अनुमान गरिएको न्यौपानेको भनाइ छ। 

images
images

‘यस वर्ष करिब १.०५ मेट्रिक टन प्रतिहेक्टरका दरले तोरी उत्पादन हुने अनुमान गरिएको छ’, उनले भने। कावासोती, मध्यविन्दु, गैँडाकोटलगायतका क्षेत्रमा तोरी खेती हुँदै आएको छ। पहाडी क्षेत्रमा तोरी खासै उत्पादन हुँदैन। नवलपुरका किसानले उत्पादन गरेको तोरीले जिल्लाको माग धान्न नसक्ने न्यौपाने बताए ।

विगत वर्षमा तोरीको उत्पादन पर्याप्त हुने गरेको भए पनि पछिल्लो समयमा घट्दै गएको न्यौपानेले बताए। कृषकले तोरीखेतीबाट भन्दा अन्य नगदे बालीबाट मनग्य आम्दानी लिन थालेपछि तोरीखेतीतर्फ आकर्षण घट्दो क्रममा छ। 

केही वर्ष अघिसम्म कोल्हुवा, अग्यौली, ढोकीलगायतका फाँटमा यो समयमा तोरी फुलेर पहेँलै हुने गरेको भए पनि अहिले आधा क्षेत्रफलमा पनि तोरी नदेखिएको मध्यविन्दु–३ का जुगतराम थनेतले बताए। 

रासस


प्रकाशित : बुधबार, मंसिर २९ २०७८०२:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend