बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

६३ प्रतिशतसम्म घटेको निफ्राको सेयर लगानीकर्तालाई हुनसक्छ किन्ने अवसर

images
बुधबार, मंसिर २९ २०७८
images
६३ प्रतिशतसम्म घटेको निफ्राको सेयर लगानीकर्तालाई हुनसक्छ किन्ने अवसर
images
images

काठमाडौं- सेयर बजारको बढ्दो क्रममा सूचीकृत भएको नेपाल इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) को सेयर मूल्य उच्च अंकबाट ६३ प्रतिशतले घटेको थियो। 

images
images
images

कारोकार सुरु भएको समयमा पहिलो साता कम्पनीको २ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको थियो। ३४० रुपैयाँबाट कारोबार सुरुभएको कम्पनी ७२६ रुपैयाँसम्म पुगेको थियो। तर नेप्से परिसूचक लगातार घटेपछि निफ्राको सेयर मूल्य २६८.५० रुपैयाँसम्म झरेको थियो। निफ्राको सेयर उच्च अंकबाट ६३ प्रतिशतले घटेको हो। 

images
images

मंगलबार भने निफ्राको सेयर मूल्य बढेर २९० रुपैयाँमा कारोबार भएको छ। ७.३७ प्रतिशत बढेको निफ्राको सेयर खरिदका लागि उपयुक्त अवसर आएको विश्लेषकहरू बताउँछन्। निफ्राको अन्डर भ्यालुमा आएको बजार मूल्य केही दिन लगातार बढ्ने देखिन्छ। निफ्राको ५२ हप्ताको कारोबारमा सबैभन्दा अधिकतम ७२६ र न्यूनतम २६८.५० रुपैयाँ सेयर मूल्य रहेको थियो। 

images
images

मंगलबार सबै कम्पनीको सेयर बढेको अवस्थामा निफ्राको पनि बढ्नु स्वभाविक नै रहेको छ। कम्पनीले साधारण सेयर जारी गरेकै वर्ष सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिएको छ। साधारणसभा समेत सम्पन्न गरेको संस्थाले सेयरधनीको खातामा छिट्टै लाभांश पाठाउने छ। कम्पनीको २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ।  

सेयर मूल्य तल झरेसँगै बैंकले लाभांश संशोधन गरि नगद लाभांशलाई बोनस सेयरमा परिमार्जन गर्‍यो। बोनस सेयरमा परिमार्जन गरेर पनि बैंकको सेयर मूल्य भने बढ्न सकेको छैन। 

nifra.PNG

निफ्राले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ।  विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो। असोज मसान्तसम्ममा बैंकले २४ करोड २० लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.३७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १८ करोड १ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँबाट १ रुपैयाँ १६ पैसा घटेर ४ रुपैयाँ ८४ पैसामा झरेको छ। 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४५.८२ प्रतिशत घटेको छ भने सञ्चालन नाफा ३४.२० प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४६.२८ प्रतिशत बढेको छ।

निफ्राले विद्युत व्यापारको लाइसेन्स पाउँदै 

विद्युत व्यापारमा नेपाल विद्युत प्राधिकरणको एकाधिकार तोडिने गरी सरकारले नयाँ प्रक्रिया सुरु गरेको छ। सरकारले निफ्रा र नेपाल पावर एक्स्चेन्ज लिमिटेड (नेपेक्स) कम्पनीलाई विद्युत व्यापारमा सहभागी गराउने गरी प्रक्रिया अगाडि बढेको छ। 

गत बैशाखमा विद्युत निर्यात गर्ने उद्देश्यले छुट्टै विद्युत व्यापार कम्पनी खोल्नका लागि निफ्राले ऊर्जा मन्त्रालयमा प्रस्ताव गरिसकेको छ। ऊर्जा मन्त्रालयले निफ्रा र नेपेक्स दुवै कम्पनीलाई लाइसेन्स दिनेगरी नयाँ प्रक्रिया सुरु गरेको हो।  


प्रकाशित : बुधबार, मंसिर २९ २०७८०१:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend