काठमाडौं- पोखरामा सञ्चालित मणिपाल अस्पतालको आक्दानी बढ्दो छ। अस्पतालले चालु आवको पहिलो ३ महिनामै ७४ करोड आम्दानी गरेको छ।
यस अघि गत आव ७९/०८० मा अस्पतालले १ अर्ब २१ करोडको आम्दानी गरेको थियो। यसैगरी अस्पतालले २०७८/०७९ मा भने १ अर्ब ९ करोड र २०७७/०७८ मा १ अर्ब ७७ करोड रुपैयाँ आम्दानी गरेको थियो।
मणिपाल अस्पताल सन् १९९४ मा स्थापना भएको हो। अस्पतालमा बतास समूहको ६० प्रतिशत सेयर रहेको छ भने ४० प्रतिशत सेयर अटोवेयज ग्रुपको रहेको छ। अस्पतालको अध्यक्षमा आन्नदराज बतास रहेका छन्।