बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

२०७२ देखि बन्द शहेन्सा होटल अब पाँचतारे बनाइँदै, ६० करोड लगानी थपिने

बिहीबार , पुस १ २०७८
२०७२ देखि बन्द शहेन्सा होटल अब पाँचतारे बनाइँदै, ६० करोड लगानी थपिने

२०७२ सालदेखि बन्द भएको होटल पुनः पाँचतारे होटलमा रुपमा सञ्चालनमा आउन लागेको हो।होटलमा थप ६० करोड रुपैयाँको लगानी हुने भएको छ।

काठमाडौं- २०५२ सालमा सञ्चालनमा आएर त्यसको २० वर्षपछि २०७२ देखि बन्द रहेको होटल शहेन्सा ईन्टरनेशनल अब पुन: पाँच तारे होटलका रुपमा सञ्चालनमा आउने भएको छ। जसका लागि होटलमा थप ६० करोड रुपैयाँको लगानी थप हुने भएको छ।

धापासी तिलिङ्‍गाटारमा रहेको होटलका पुराना सबै भवनहरू मर्मत गरी होटल सञ्चालनका लागि व्यवस्थापनले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ।

अब होटलका ७ वटा भवन निर्माण हुने भएका छन्। ७ वटा भवनमा १०१ वटा कोठामा १ सय ८० वटा बेड बन्ने छ। पुराना भवनहरू  प्रवलीकरण हुने भएको छ। होटलको संरचना १६ हजार  ६ सय ५१ वर्गमिटरमा हुने छ।  होटलमा दैनिक ७० हजार लिटर पानी खपत हुने  रिपोर्टमा उल्लेख छ।

hotel A.jpg

होटल सञ्चालनमा आएपछि रोजगारीको अवसर सिर्जना हुने, पर्यटन विकासरमा सहयोग पुग्ने, राजस्व संकलन बढने र सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय समुदायका लागि सहयोग हुने वातावरणीय प्रभाव मूल्यांकमा उल्लेख छ।

होटलले वातावरणीय प्रभावको अनुगमन र निराकणका लागि वार्षिक ५ लाख ३५ हजार रुपैयाँ खर्च हुने जनाएको छ। होटल जग्गाको कुल क्षेत्रफल ८ हजार ६ सय २१ वर्गमिटरमा रहेको छ। होटलको ७ वटा भवनमध्ये पहिलो बेन्क्वेट भवन हुनेछ।

यो भवन ३ तलाको हुने छ। यसको उचाइ १५ मिटरको रहनेछ। यसैगरी पार्किङ भवन ३ तलाको निर्माण हुने छ। जसको उचाइ पनि १५ मिटर नै रहनेछ। होटलको मुख्य भवन ६ तलाको बन्ने भएको छ।

यसैगरी मुख्य भवन १० तलाको निर्माण हुनेछ। यसैगरी २ वटा जिम भवन ५ तला र १ तलाको निर्माण हुनेछ। साथै कार्यालय भवन ३ तलाको बनेछ।

यसैगरी होटल सञ्चालनमा आएपछि ८० जनाले रोजगारी पाउने र निर्माणको चरणमा दैनिक ३० जनाले रोजगारीको अवसर पाउनेसमेत रिपोर्टमा उल्लेख छ। १ सय २५ मोटरसाइकल तथा ९२ वटा कार पार्किङ क्षेत्रसमेत बन्ने छ।


प्रकाशित : बिहीबार , पुस १ २०७८०६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend