बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

गभर्नर अधिकारीको सम्पत्ति : ५५ हजार कित्ता सेयर, ललितपुरमै १२ रोपनी जग्गा, अन्य सम्पत्ति कति?

images
सोमबार, मंसिर २७ २०७८
images
गभर्नर अधिकारीको सम्पत्ति : ५५ हजार कित्ता सेयर, ललितपुरमै १२ रोपनी जग्गा, अन्य सम्पत्ति कति?
images
images

काठमाडौं- विभिन्न वित्तीय तथा इन्स्योरेन्स कम्पनीहरूमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको २७ हजार १ सय ८४ कित्ता साधारण सेयर (आईपीओ) रहेको छ।

images
images
images

गर्भनर अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दा ११ वाणिज्य बैंकसहित विभिन्न वित्तिय संस्थामा उनको उक्त सेयर रहेको देखिएको हो। 

images
images

त्यस्तै हाइड्रो पावर कम्पनीमा दोस्रो बजारबाट २७ हजार ९ सय २९ कित्ता सेयर खरिद गरेको समेत उल्लेख गरिएको छ। 

images
images

उनको श्रीमती सरिता अधिकारीको नाममा म्युचुअल फन्डमा १ लाख ८० हजार कित्ता सेयर रहेको छ। 

गभर्नर अधिकारीले छोरा र श्रीमतीको नाममा १० स्थानमा जग्गा रहेको समेत विवरणमा उल्लेख गरेका छन्। झापामा ३ बिघा, ललितपुरमा १२ रोपनी, मकवानपुरमा २ कठ्ठा जग्गा रहेको छ। उनको २७ तोला सुन र ५० तोला चाँदीका गहना रहेकोसमेत विवरणमा राखिएको छ। 

गभर्नर अधिकारीले नबिल बैंकमा २ हजार ३ सय डलर बचत रहेको समेत उल्लेख गरेका छन्। त्यस्तै ३ वाणिज्य बैंकमा १ लाख ६३ हजार ७ सय ६२ रुपैयाँ बचत रहेको छ। त्यस्तै नागरिक लगानी कोषमा १२ लाख २४ हजार रुपैयाँ बचत रहेको छ। उनीसँग मोटरसाइकल र एउटा टोयटाको कारसमेत रहेको उल्लेख गरेका छन्।  
 


प्रकाशित : सोमबार, मंसिर २७ २०७८१०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend