बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

काठमाडौं आइपुग्यो एमसीसीको प्रतिनिधिमण्डल, पहिलो भेट एमाले अध्यक्ष ओलीसँग  

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २४ २०७८
काठमाडौं आइपुग्यो एमसीसीको प्रतिनिधिमण्डल, पहिलो भेट एमाले अध्यक्ष ओलीसँग  

एमसीसी परियोजना कार्यान्वयन भएका देशहरूमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न  उपाध्यक्षसहितको टोली नेपाल आएको हो। 

काठमाडौं- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारसहितको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ। 

आज बिहान सवा ९ बजेको कतार एयरवेजको  उडानबाट उक्त प्रतिनिधिमण्डल काठमाडौं अवतरण गरेको हो। 

एमसीसी परियोजना कार्यान्वयन भएका देशहरूमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न  उपाध्यक्षसहितको टोली नेपाल आएको हो। 

उपाध्यक्ष फातिमाको बिहीबार  राजनैतिक भेटाघाटहरु तय भएका छन्। उनले पहिलो भेट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तय भएको छ। दोस्रो चरणमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम तय भएको छ। त्यस्तैगरी शुक्रबार दिउसो ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेट्ने कार्यक्रम तय भएको सचिवालयले जानकारी दिएको छ। 

एमसीसीका विभिन्न तहमा रहेर काम गरेकी सुमार हालै उपाध्यक्ष पदमा नियुक्ति भएकी हुन्। उनी एमसीसी अनुदान सम्बन्धी नेपाल‍-अमेरिका अन्तिम छलफलका क्रममा सहभागी थिइन्। नेपालले एमसीसी सम्झौतामा सन् २०१७ मा हस्ताक्षर गरेको थियो। सम्झौता भएपछि विवादका कारण कार्यन्वयन हुन सकेको छैन।

एमसीसीका विरुद्धमा सडकमा प्रदर्शनसमेत भइरहेकाले सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ। एमसीसीकी उपाध्यक्षको टोली आएसँगै विमानस्थलदेखि सडकका मुख्य चोकहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। 

 


प्रकाशित : बिहीबार , भदौ २४ २०७८०४:०६
  • सम्बन्धित विषय:

  • # नेपाल
  • # एमसीसी
  • # एमसिसी
  • # अमेरिका
  • # विकास
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend