सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

२ सातामा ७४ करोड रुपैयाँ बराबरको ९४ किलो सुन नियन्त्रण

images
सोमबार, मंसिर २७ २०७८
images
२ सातामा ७४ करोड रुपैयाँ बराबरको ९४ किलो सुन नियन्त्रण

पहिलो साता १ हजार ५ सय ३०  जनाले ल्याएको ७१.७० केजी सुन नियन्त्रणमा लिइएको थियो भने दोस्रो साता परिमाण र संख्या दुवै घटेको छ।

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले गएको दुई सातामा ७४ करोड रुपैयाँ बराबरको सुन नियन्त्रणमा लिएको छ। कार्यालयले ९४.१६ किलो सुन नियन्त्रणमा लिएको जनाएको छ।

images
images
images

कार्यालयका प्रमुख महेश भट्टराईले २ हजार ५२ जनाबाट उक्त सुन नियन्त्रणमा लिइएको जनाकारी दिए। जसमा १ हजार ८ सय १७ जनाले सरकारले तोकेको राजस्व तिरेर सुन फिर्ता लगेको उनको भनाइ छ। उनका अनुसार ६.५ किलो सुन भने भन्सार कार्यालयकै लकरमा रहेको छ।

images
images

अहिलेसम्म ८ करोड ३८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको भन्सार कार्यालयल जनाएको छ। अझ ६३ लाख रुपैयाँ राजस्व संकलन हुने सुन लकरमा रहेको कार्यालयले जनाएको छ।

images
images

सुरुका दिनको तुलनामा अहिले सुन ल्याउनेको संख्या पनि घटेको कार्यालयले जनाएको छ। 

भट्टराईका अनुसार पहिलो साता १ हजार ५ सय ३० जनाले ल्याएको ७१.७० किलो सुन नियन्त्रणमा लिइएको थियो भने दोस्रो साता परिमाण र संख्या दुवै घटेको छ। दोस्रो साता भने ५ सय २२ जनाको साथबाट २१.४६ किलो मात्रै सुन आएको थियो।

सुन तस्करले अवैध तवरबाट सुन नेपाल भित्र्याउने गरिएको भन्ने सूचनाको आधारमा अर्थ मन्त्रालय र भन्सार विभागबाट थप जनशक्ति खटाइ विशेष निगरानीमा अनुगमन भएको थियो।

८० प्रतिशत सुन वैदैशिक रोजगारीमा गएका युवाले भरियाको रुपमा नेपाल भित्र्याउन गरेको कार्यालयको भनाइ छ।

यसैगरी १० प्रतिशत वैदेशिक रोजगारीमा गई नेपाल फर्कंदा व्यक्तिगत परियोजनका लागि र १० प्रतिशत पर्यटक भिसामा विदेश भ्रमण गई नेपाल फर्कंदा व्यक्तिगत प्रयोजनका लागि सुन ल्याउने गरेको तथ्य रहेकोसमेत कार्यालयले ठहर गरेको छ।

पछिल्लो दिनमा वैदेशिक रोजगारीमा गई भरियाको रुपमा सुन ल्याउनेको संख्या न्यून भएको कार्यालयको भनाइ छ।

कार्यालयका अनुसार सुरुको दिनमा गहना भनी सुनको तारलाई बाला बनाएर ल्याउने बढी भएकोमा पछिल्लो दिन भने सुनको तारलाई ८–९ फन्को बनाएर औँठीको रुपमा ल्याउने क्रम बढेको कार्यालयको भनाइ छ।

एक यात्रुले कतारबाट आउँदा ल्याएको सुन गहना हो भनी प्रमाणित गर्न कतारबाट नक्कली बील बनाइ बीलमा नेपाली अक्षर समेत लेखेर आएको फेला परेको कार्यालयको भनाइ छ।

यसैगरी पास्ता बनाउने मेसिनमा चाँदीको जलप लगाई जाँदीजस्तो देखाउने गरीसमेत सुन ल्याएको फेला परेको कार्यालयले जनाएको छ।

विदेशबाट आउँदा कस्तो सुन कति ल्याउन पाइन्छ 

कानूनले सुन ल्याउँदा २ वटा व्यवस्था गरेको छ। पहिलो व्यवस्था हो सुनको गहना ५० ग्राम, चाँदीको गहना ५ सय ग्राम र १ लाख रुपैयाँसम्मको जवारित जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया ल्याउँदा भन्सार नलाग्ने व्यवस्था गरेको छ।

तर गहना पनि २ सय ५० ग्रामभन्दा बढीको ल्याउन पाइँदैन। ५१ ग्रामदेखि १ सय ५० ग्रामसम्म प्रतिग्राम १ हजार ५० रुपैयाँ र थप १५१ देखि २ सय ५० ग्रामसम्मको प्रति ग्राम १ हजार २ सय रुपैयाँ भन्सार लाग्छ।

काँचो सुनमा के छ त व्यवस्था

विदेशबाट आउँदा १ सय ग्रामसम्म काँचो सुन ल्याउन पाइन्छ। तर भन्सार भने तिर्नु पर्ने हुन्छ। ५० ग्रामसम्मको काँचो सुन ल्याउँदा प्रतिदश ग्राम ९ हजार ५ सय रुपैयाँका दरले तिर्नु पर्ने हुन्छ। त्यसमा थप ५ सय ६५ रुपैयाँ लाग्ने छ। यसरी ५० ग्रामसम्म काँचो सुन ल्याउँदा ४८ हजार ६५ रुपैयाँ लाग्छ।

यसैगरी कसैले १ सय ग्राम काँचो सुन ल्याएको छ भने ५१ ग्रामदेखि १ सय ग्रामसम्मको हकमा थप प्रतिदश ग्राम १० हजार ५ सय रुपैयाँका दरले ५२ हजार ५ सय रुपैयाँ गरी कुल १ लाख ५ सय ६५ रुपैयाँ तिर्नु पर्ने हुन्छ। तर १ सय ग्रामभन्दा बढी काँचो सुन ल्याए जफत हुने व्यवस्था छ।


प्रकाशित : सोमबार, मंसिर २७ २०७८११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend