बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

प्रचण्डको अभिव्यक्तिले सेयर बजारमा झनै पहिरो, १०० अंकको गिरावट

images
सोमबार, मंसिर २७ २०७८
images
प्रचण्डको अभिव्यक्तिले सेयर बजारमा झनै पहिरो, १०० अंकको गिरावट
images
images

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सेयर बजारबारे गरेको टिप्पणीले सेयर बजार झनै घटेको छ।

images
images
images

सोमबार कारोबार सुरु भएको दुई घन्टामै १०० अ‌ंकले बजार घटेको छ। सोमबार सबै कम्पनीको सेयर मूल्य घटेको छ। बजार १००.६१ अंकले घटेर २२६०.६३ अंकमा आइपुगेको छ। 

images
images
terc.jpg

प्रचण्डले शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उनले पुँजीको लगानी पुँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पुँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका थिए। 

images
images

सेयर बजारलाई साम्राज्यवादको विस्तारित रुप भएको भन्दै उनले चर्को आलोचना गरेका थिए। साम्राज्यवादको विस्तारित रुप भएको र यसले संसारका ८० प्रतिशत नागरिकलाई भोका नांगा बनाउने उनको भनाइ थियो। प्रचण्डले सोमबार पनि आफ्नो भनाइ सैद्धान्तिक रुपमा सही भएको र त्यसमा अडिग रहेको बताएका छन्। 


प्रकाशित : सोमबार, मंसिर २७ २०७८०७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend