बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

७० करोडमा बिक्री भयो भवन भट्टको धुलिखेल माउन्टेन रिसोर्ट

बुधबार, चैत ७ २०८०
७० करोडमा बिक्री भयो भवन भट्टको धुलिखेल माउन्टेन रिसोर्ट

काभ्रेको पाँचखाल नगरपालिकामा रहेको रिसोर्ट २ सय २० रोपनी क्षेत्रफलमा फैलिएको छ। जसमा ४२ वटा भिल्ला रहेका छन्।

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्वअध्यक्ष भवन भट्टले काभ्रेको पाँचखालमा रहेको धुलिखेल माउन्टेन रिसोर्ट बिक्री गरेका छन्। उक्त रिसोर्ट भट्टले बीबी होल्डिङ्स कम्पनीमार्फत १० वर्षअघि खरिद गरेर सञ्चालन गर्दै आएका थिए। 

नेपालमा बीवाईडी गाडी बिक्री गर्दै आएकी साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठसहितको टिमले झन्डै ७० करोड रुपैयाँमा रिसोर्ट खरिद गरेको हो। गत सातामात्रै टुंगिएको उक्त डिल अहिले व्यवस्थापनका लागि श्रेष्ठ समूहले काम थालिसकेको छ।

सन् १९८१ मा स्थापना भएको रिसोर्ट बीबी होल्डिङसले सन् २०१३ मा खरिद गरेको थियो। बीबी एययरवेज पुनः सञ्चालनको तयारीमा रहेका भट्टले ७० करोड रुपैयाँ हाराहारीमा रिसोर्ट बिक्री गरेका हुन्। 

काभ्रेको पाँचखाल नगरपालिकामा रहेको रिसोर्ट २ सय २० रोपनी क्षेत्रफलमा फैलिएको छ। जसमा ४२ वटा भिल्ला रहेका छन्।

रिसोर्ट विगतमा विष्णुबहादुर श्रेष्ठले सञ्चालनमा ल्याएका थिए। सन् १९९८ मा श्रेष्ठको निधन भएपछि उनका छोरा अरुण श्रेष्ठ र छोरीहरू सरिता श्रेष्ठ तथा रिता वैद्यले सञ्चालन गर्दै आएका थिए। श्रेष्ठ परिवारसँग भट्टले सन् २०१३ मा खरिद गरेका थिए। ११ वर्षपछि उनले पनि बिक्री गरेका छन्। काभ्रेकै स्थानीयसमेत रहेकी श्रेष्ठ परिवारले अहिले खरिद गरेको हो। 

dhulikhel mountain resort 3.jpg

काठमाडौंबाट ३४ किलोमिटरको दुरीमा रहेको यो रिसोर्टबाट लाङटाङलगायतका हिमश्रृंखला देख्न सकिन्छ। सूर्योदय र सूर्यास्तका मनमोहक दृश्यहरू हेर्न सकिने भएकाले रिसोर्ट पर्यटकको पहिलो गन्तव्य बन्ने गरेको छ। 

dhulikhel mountain resort 1.jpg

भट्टले जापानमा थुप्रै रेष्टुरेन्ट चलाए पनि नेपालको होटल व्यवसायमा भने यो नै उनको पहिलो ठूलो लगानी थियो। भट्टको कारोबार आर्थिक दैनिक, बिबी एयरवेज, बिबी ट्रस्ट, बिबी होल्डिङ्स, युनाइटेड ब्रुअरीलगायत कम्पनीमा छन्। बीबी होल्डिङ्सकै स्वामित्वमा दोलखामा तामाकोशी-३ आयोजनाको लाइसेन्ससमेत भट्टसँग छ। 

dhulikhel mountain resort 2.jpg

भवन भट्टको बीबी एयरवेजले पायो तीनवटा एयरबस ल्याउने अनुमति भवन भट्टको बीबी एयरवेजले पायो तीनवटा एयरबस ल्याउने अनुमति


प्रकाशित : बुधबार, चैत ७ २०८०१०:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend