बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

वाणिज्य बैंकहरूले ब्याजदर नबढाउने भएपछि विकास बैंक र फाइनान्स कम्पनी पनि छलफलमा

images
सोमबार, मंसिर २७ २०७८
images
वाणिज्य बैंकहरूले ब्याजदर नबढाउने भएपछि विकास बैंक र फाइनान्स कम्पनी पनि छलफलमा

पुस महिनामा ब्याजदर नबढाउने भद्र सहमती गरेको नेपाल बैंकर्स संघले विकास बैंक फाइनान्स कम्पनीहरुलाई पनि स्थिर राख्न आग्रह गर्ने भएका छन्। 

images
images

काठमाडौं- पुस महिनामा ब्याजदर नबढाउने भद्र सहमति गरेको नेपाल बैंकर्स संघले विकास बैंक फाइनान्स कम्पनीहरूलाई पनि स्थिर राख्न आग्रह गर्ने भएका छन्। 

images
images
images

बैंकर्स संघले विकास बैंक र फाइनान्स कम्पनीका संस्थाहरूसँग पनि ब्याजदर नबढाउन आग्रह गर्ने भएको हो। बैंकर्स संघले निर्णय गरेलगत्यै विकास बैंक र फाइनान्स कम्पनीबीच पुस महिनाको ब्याज बढाउने कि नबढाउने भन्ने विषयमा छलफल जारी राखेका छन्। दुवै संस्थाले बुधबारसम्म निर्णय गर्ने समेत तयारी गरेका छन्।  

images
images

मंसिरका लागि बैंकहरूले १०.०५ प्रतिशत अधिकतम ब्याज निर्धारण गरेका थिए। विकास बैंकहरू १०.२५ प्रतिशत अधिकतम ब्याज निर्धारण गरिएको छ। फाइनान्सहरूको १०.३५ प्रतिशत ब्याज तय गरिएको छ। 

images
images

संघको शुक्रबार बसेको बैठकमा ब्याज नबढाउने सहमती गरिएको थियो। बजारमा तरलताको संकट बढ्दै गएको भए पनि पुस महिनाको लागि ब्याजदर नबढाउने सहमति गरिएको थियो। 

गत कात्तिक र मंसिरमा निक्षेपको ब्याज बढाएका बैंकहरूले पुसमा भने नबढाउने सहमति गरेका छन्। ब्याजदर बढ्दै गएपछि राष्ट्रबैंकले समेत पटक पटक हस्तक्षेप गर्दै आएको छ।


प्रकाशित : सोमबार, मंसिर २७ २०७८०७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend