सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

डिजिटल मुद्रालाई मान्यता दिने तयारीमा सरकार

images
सोमबार, चैत ५ २०८०
images
डिजिटल मुद्रालाई मान्यता दिने तयारीमा सरकार
images
images

काठमाडौं- सरकारले 'बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३' लाई संशोधन गर्दै डिजिटल मुद्रालाई समेत मान्यता दिने तयारी गरेको छ। 

images
images
images

ऐन संशोधनको लागि तयार भएको विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ। दर्ता विधेयममा डिजिटल मुद्राको विषयसमेत समावेश गरिएको छ। जसमा नेपाल राष्ट्र बैंकबाट जारी भएको डिजिटल मुद्रालाई सम्झनु पर्ने उल्लेख गरिएको छ।

images
images

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण तथा प्रविधिमा आएका परिवर्तनलाई प्रयोग गर्न प्रचलित कानूनलाई समसामयिक संशोधन गर्न आवश्यक परेको उल्लेख गरिएको छ। 

images
images

नेपालको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको विश्वसनीयता अभिवृद्धि गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाएर स्थायित्व कायम गर्न र बैंक तथा वित्तीय संस्थाहरूको संस्थापना, सञ्चालन, व्यवस्थापन, नियमनलगायतका कार्यलाई व्यवस्थित गर्न बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न लागिएको उल्लेख छ। 

नेपालको संविधानले लिएका तीनै तहका सरकारको वित्तीय अधिकारलाई व्यवस्थित रूपमा कार्यान्वयनको लागि मन्त्रालय र नेपाल राष्ट्र बैंकको समन्वय तथा अन्य सरोकारवाला निकायहरूको राय परामर्शसमेतको आधारमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न २०८० फागुन ६ गते मन्त्रिपरिषद्‍बाट स्वीकृति प्राप्त भएको थियो। 

अब सदनमा छलफल भएपछि उक्त विधेयक सम्बन्धित समितिमा पठाइने छ। समितिले दफावार छलफललगायतका काम सकाएपछि विधेयक सदनले पास गर्ने गर्छ।


प्रकाशित : सोमबार, चैत ५ २०८०१७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend