बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ति वितरण

बिहीबार , चैत १ २०८०
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ति वितरण

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने जनाएको छ।

काठमाडौं- महालक्ष्मी विकास बैंकले कादमबरी एकेडेमी, श्रीपूर वीरगञ्जमा अध्ययनरत छात्र जीवन राजवंशीलाई कक्षा दश अध्ययनका लागि स्व. हिरा गिरी जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ।

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित हिरा गिरी जेहेन्दार छात्रवृत्ति बैंकका सञ्चालक समितिका सदस्य श्याम सुन्दर रुङ्गटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई हस्तान्तरण गरेका हुन्।

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले ५० हजार रूपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ।

उक्त कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका सदस्य रुङ्गटाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको बताए। आमाको माया छात्रावासका अध्यक्ष पारिकले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने भन्दै बैंकको सहयोगप्रति कृतज्ञता जाहेर गरे।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने जनाएको छ।


प्रकाशित : बिहीबार , चैत १ २०८०१४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend