बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अफगानिस्तानबाट ८९५ नेपालीको उद्धार

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २३ २०७८
अफगानिस्तानबाट ८९५ नेपालीको उद्धार

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकको स्वदेश फर्कनेक्रम जारी छ। बुधबार कतार एयरको दोहा–काठमाडौं नियमित उडानबाट ३२ जना स्वदेश फर्केका छन्। अहिलेसम्म ८९५ जना नेपाली काठमाडौं आइपुगेका तथा उद्धार गरिएकाहरू अन्य उडानबाट स्वदेश आउनेक्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

काठमाडौं- अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकको स्वदेश फर्कनेक्रम जारी छ। बुधबार कतार एयरको दोहा-काठमाडौं नियमित उडानबाट ३२ जना स्वदेश फर्केका छन्। अहिलेसम्म ८९५ जना नेपाली काठमाडौं आइपुगेका तथा उद्धार गरिएकाहरू अन्य उडानबाट स्वदेश आउनेक्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

काठमाडौं आइपुगेकालाई अध्यागमनलगायत प्रक्रिया पूरा गरी कोभिड सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको ‘होल्डिङ सेन्टर’मा स्वास्थ्य मापदण्डअनुसार कोभिड-१९ को परीक्षणलगायत प्रक्रियागत काम सम्पन्न गरी आवश्यक व्यवस्थापन भएको उक्त मन्त्रालयले जनाएको छ।

अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई सकुशल स्वदेश फिर्तीको व्यवस्था प्रभावकारी तुल्याउन सरकारले उक्त मन्त्रालयका मध्य एशिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिश्चन्द्र घिमिरेको संयोजकत्वमा गठन गरेको उद्धार कार्यदलका अनुसार उद्धारमा सहजताका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा दर्ता भएका, नेपाली राजदूतावास नयाँदिल्लीबाट प्राप्त विवरण तथा ‘सिचुएशन सेन्टर’ मा नाम टिपाएका नेपालीलाई सम्पर्क गरी उनीहरू हाल रहेको स्थानअनुसार समूह सूची तयार गरेर काबुलबाट उद्धार उडान गरिरहेका मित्र राष्ट्रहरूलाई उपलब्ध गराइ उनीहरूको उद्धारमा आवश्यक सहकार्य र समन्वय भइरहेको छ। रासस 


प्रकाशित : बुधबार, भदौ २३ २०७८१३:०४
  • सम्बन्धित विषय:

  • # कामदार
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend