सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

पुस १५ देखि १७ गतेसम्म पोखरामा सडक महोत्सव

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २६ २०७८
images
पुस १५ देखि १७ गतेसम्म पोखरामा सडक महोत्सव

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखरामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढ्दै गएको र सडक महोत्सवपछि नेपालमा विदेशी पर्यटकको आगमन पनि बढ्दै जाने विश्वास व्यक्त गरे। 

images
images

पोखरा- नयाँ वर्ष सन् २०२२ को अवसर पारेर पोखरामा पुस १५ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ। 

images
images
images

रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान)द्वारा 'समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मूल आवश्यकता' भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको हो ।  

images
images

'कोरोनाको मारमा परेको पर्यटनलाई चलायमान बनाउन  र पोखरालाई नयाँ वर्षको गन्तव्यस्थलका रूपमा सडक महोत्सवको आयोजना गर्दै आएका छौँ, यस वर्ष पनि महोत्सवले पनि आन्तरिक पर्यटक पोखरा आउने विश्वास लिएका छौँ'रेवानका अध्यक्ष लक्षमण बरालले भने। 
 
दुई दशकभन्दा बढी समयदेखि पोखराको पर्यटन प्रवद्र्धन र विकासमा टेवा पुर्‍याउँदै आएको सडक महोत्सव विभिन्न राजनीतिक अस्थिरता, विसं २०७२ को भूकम्प, नाकाबन्दीजस्ता समस्याका बाबजुद पनि 'सडमै खाऊँ सडकमै रमाऊँ' भन्दै  २३ औँ संस्करणको तयारीमा जुटेको महोत्सवका संयोजक नरेश भट्टराईले जानकारी दिए। गत वर्ष कोभिड–१९ को महामारीमा पनि स्वास्थ्य सतर्कतासहित महोत्सव आयोजना गरेको अहिले कोरोनाको त्रास कम हुँदै गएको र अधिकांशले खोपसमेत लगाएकाले महोत्सव अझ सफल हुने उनले बताए। 

images
images

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखरामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढ्दै गएको र सडक महोत्सवपछि नेपालमा विदेशी पर्यटकको आगमन पनि बढ्दै जाने विश्वास व्यक्त गरे। 

आयोजकका अनुसार पोखरा सडक महोत्सव कोभिड हेल्थ प्रोटोकललाई ध्यान दिँदै पोखराको सकरात्मक सूचना प्रवाह गरी पर्यटन प्रवद्र्धनको उद्देश्यसहित विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषा प्रदर्शन गरेर मनाइने छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी  प्रदर्शन, रात्रिकालीन कन्सर्ट, डुङ्गा दौड, वेटर रेस, टग अफ वारजस्ता प्रतियोगिता व्यवस्था गरिएको छ । पोखराको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुनेछ । महोत्सव सम्पन्न गर्न संस्थाका प्रथम उपाध्यक्ष नरेश भट्टराई, सचिव भीष्मराज पौडल र सहकोषाध्यक्ष रोशनजङ्ग कार्की, सहसंयोजक रहने गरी विभिन्न उपसमिति गठन गरिएको छ । रासस


प्रकाशित : आइतबार, मंसिर २६ २०७८०४:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend