बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल

मंगलबार, फागुन २९ २०८०
राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल

३९ मतसहित सत्ता गठबन्धनतर्फका उम्मेद्वार नारायण दाहाल राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएका हुन्।

काठमाडौं- राष्ट्रियसभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। 

सत्ता गठबन्धनतर्फका उम्मेद्‌वार दाहाल बहुमतसहित अध्यक्षमा निर्वाचित भएका हुन्। उनको पक्षमा ३९ मत परेको थियो भने विपक्षमा १७ मत परेको थियो।

सांसद दाहालका प्रस्तावक नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव प्रस्तुत गरेका थिए। 

अध्यक्षका लागि नेपाली कांग्रेसको तर्फबाट युवराज शर्मा उम्मेदवार थिए।

राष्ट्रियसभामा माओवादीका १८, कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८ जसपाका ३ र लोसपाका एक सांसद छन्। दाहाललाई माओवादी, एमाले, जसपा र एकीकृत समाजवादीको साथ थियो भने लोसपाको मत कांग्रेसको पक्षमा थियो।

निर्वाचनमा ५६ सांसद उपस्थित थिए।


प्रकाशित : मंगलबार, फागुन २९ २०८०१३:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend