मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

मुस्ताङमा 'माउन्टेन एड्भोकेसी समिट' हुँदै 

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर २५ २०७८
मुस्ताङमा 'माउन्टेन एड्भोकेसी समिट' हुँदै 

सम्मेलनको संयोजन र सचिवालयको भुमिका कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द, (किर्डाक) नेपालले गर्ने छ । 

काठमाडौं- पर्वतीय मुद्दाका बारेमा छलफल तथा बहस चालउनेगरी मुस्ताङमा सम्मेलन हुने भएको छ। 

पर्वतीय क्षेत्रका मुद्दाका बारेमा काम गरिरहेका गैरसरकारी संसघसंस्थाको साझेदारीमा  फागुन २९ र ३० गते मुस्ताङमा  'माउन्टेन एड्भोकेसी समिट २०२२' हुने भएको छ। 

सरकारी, नीजीक्षेत्र, नागरिक समाजको अर्थपूर्ण सहभागिता सम्मेलन हुने आयोजकले जानकारी दिएको छ। 

द माउन्टेन फाउन्डेसन नेपाल, खाद्य सुरक्षा तथा जलवायू न्यायको लागि अन्तराष्ट्रिय मञ्च, नेपाली सिभिल सोसाइटी माउन्टेन इनिसिएटिभ र कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक)ले सम्मेलको आयोजना गर्ने छन्। 

सम्मेलनको संयोजन र सचिवालयको भुमिका कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द, (किर्डाक) नेपालले गर्ने छ । 

जलवायु परिवर्तनका कारण सबैभन्दा पहिला पर्वतीय क्षेत्र प्रभावित हुने, त्यहाँको जनजीवन सबैभन्दा पहिला पिडित हुने भएकाले सोही क्षेत्रमा सम्मेलन आयोजना गर्न लागिएको राष्ट्रिय योजना आयोगका पूर्वसदस्य मिनबहादुर शाहीले जानकारी दिए। आयोजकसमेत रहेका शाहीका अनुसार यो सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरुले जलवायु प्रत्यक्ष असर महसुस गर्नेगरी सम्मेलन आयोजना हुने छ। 

पर्वतीय क्षेत्रमा आर्थिक अवसर तथा दीगो लगानी, नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायमा गरेका प्रतिबद्धतताको कार्यान्वयकव अवस्थाका बारेमा सम्मेलनमा चर्चा हुने छ। 


प्रकाशित : शनिबार, मंसिर २५ २०७८१३:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend