बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन

सोमबार, फागुन २८ २०८०
महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन

ग्राहकहरुले उक्त क्यालेन्डरको डिजिटल कपि बैंकको आधिकारिक वेवसाइटमार्फत डाउनलोड गर्न सक्नेछन्।

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ।

बैंकले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्बिरहरुमार्फत सकारात्मक सन्देश प्रदान गर्दै नयाँ वर्ष २०८१ सालको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहकसमक्ष ल्याएको हो। 

उक्त क्यालेन्डर आफ्नो आधिकारिक बेवसाइटमार्फत आइतबार सार्वजनिक गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार उक्त क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा सहभागी तस्बिरहरु मध्येका उत्कृष्ट बाह्र तस्बिरहरू समावेश गरिएको छ।

ग्राहकहरुले उक्त क्यालेन्डरको डिजिटल कपि बैंकको आधिकारिक वेवसाइटमार्फत डाउनलोड गर्न सक्नेछन्।


प्रकाशित : सोमबार, फागुन २८ २०८०१७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend