शनिबार, माघ २६ गते २०८१    
शनिबार, माघ २६ २०८१
images
images

ग्लोबल आईएमई बैंकद्वारा प्राचीन कलाकृति समावेश २०८१ सालको क्यालेन्डर सार्वजनिक

images
आइतबार, फागुन २७ २०८०
images
images
ग्लोबल आईएमई बैंकद्वारा प्राचीन कलाकृति समावेश २०८१ सालको क्यालेन्डर सार्वजनिक

मुलुकको ७७ वटै जिल्लामा रहेको शाखा सञ्जालबाट बैंकले ४६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ।

images
images

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचीन कलाकृतिहरु समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक गरेको हो।

images
images
images

ग्लोबल आईएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पाेरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबीच नयाँ सालको क्यालेन्डर सार्वजनिक गरेका हुन्।

images
images

क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्न विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताए। विगतका वर्षहरुमा क्यालेण्डरमा नेपाली कला र सस्कृतिसम्बन्धी विषयहरु प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उनले भने, 'नेपालको सर्वांगिण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवर्द्धन गर्न आवश्यक छ। ग्लोबल आईएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरुलाई निरन्तरता दिँदै आएको छ।'

images
images
images

उनले नयाँ वर्ष २०८१ सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, सेयरधनी, नियमनकारी निकाय, कर्मचारी एवम् प्रत्यक्ष/अप्रत्यक्षरुपमा जोडिएएका सबैमा नयाँ वर्ष २०८१ को शुभकामना समेत व्यक्त गरेका छन्। उक्त कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।

मुलुकको ७७ वटै जिल्लामा रहेको शाखा सञ्जालबाट बैंकले ४६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ।


प्रकाशित : आइतबार, फागुन २७ २०८०१५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend