बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ लाई तोकियो

images
आइतबार, फागुन २७ २०८०
images
images
राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ लाई तोकियो

राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित विधेयकका सिद्धान्त प्राथमिकतामाथि छलफल हुँदैछ।

images
images

काठमाडौं- राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गतेलाई तोकिएको छ। आइतबारको राष्ट्रियसभाको बैठकले अध्यक्ष पदको निर्वाचनका लागि दिन तोक्ने कार्यसूची रहेकोमा फागुन २९ गतेलाई उक्त मिति तोकिएको हो।

images
images
images

राष्ट्रियसभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रियसभाको अध्यक्षका लागि २०८० फागुन २९ गते मंगलबारको मिति तोकिएको जानकारीसहित र यो निर्वाचनसम्बन्धी सूचना प्रकाशित गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई आजको बैठकले निर्देशन दिएको छ।

images

त्यसैगरी, आजको बैठकले राष्ट्रियसभाको यही फागुन १८ गतेको बैठकमा सांसद भुवनबहादुर सुनारले राष्ट्रियसभाको दोस्रो संशोधन नियमावली २०८० माथिको छलफलमा भाग लिने क्रममा प्रयोग भएको ‘स्यालको छाला ओढेको ब्वाँसो भन्ने कि के भन्ने जस्तै कम्युनिष्टका नाम बोकेको मानिसको चरित्र उदांगो भयो’, भन्ने वाक्यांशप्रति सभाका सदस्य उदयबहादुर बोहराबाट नियमापत्ति भएको सन्दर्भमा उक्त वाक्याङ्श राष्ट्रियसभा नियमावली २०७५ को नियम २१ बमोजिम असान्दर्भिक देखिएको हुँदा संसदको रेकर्डबाट हटाउन निर्देशन दिएको छ।

images
images
images

राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित विधेयकका सिद्धान्त प्राथमिकतामाथि छलफल हुँदैछ। रासस


प्रकाशित : आइतबार, फागुन २७ २०८०१४:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend