बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बाबुराम भट्टराई २०८४ मा गोरखा २ बाट चुनाव लड्ने, प्रधानमन्त्री दाहाललाई धक्का

आइतबार, फागुन २७ २०८०
बाबुराम भट्टराई २०८४ मा गोरखा २ बाट चुनाव लड्ने, प्रधानमन्त्री दाहाललाई धक्का

गोरखा २ मा कांग्रेसको बलियो पकड भएपनि कहिले बाबुराम भट्टराई त कहिले पुष्पकमल दाहाललाई सहयोग गर्दै आएको छ।

काठमाडौं- पूर्व प्रधानमन्त्री तथा नेसपा अध्यक्ष बाबुराम भट्टराईले २०८४ को चुनावमा गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

गत चुनावमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छाडेका भट्टराईले गोरखाली जनताको आग्रह भन्दै २०८४ को चुनावमा उम्मेदवार बन्ने घोषणा गरेका हुन्।

उनका सहयोगी विश्वदीप पाण्डेले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन्, ‘केहीअघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो, त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा २ का मतदाताहरुसँग वृहत् छलफल भएको थियो।सो क्रममा आगामी निर्वाचनमा उम्मेद्वार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्विकार गर्नुभएको छ। अब उहाँ २०८४ को निर्वाचनमा गोरखा २ मा उम्मेदवार हुनुहुनेछ।’ 

baburam.JPG

बाबुरामले सदासयता देखाएर आफ्नै क्षेत्र माओवादी अध्यक्ष दाहाललाई छाडेका थिए। बाबुरामले गोरखा २ छाडिदिएकाले दाहाललाई चुनाव जित्नसमेत सहज भएको थियो। चितवन ३ बाट उठ्ने तयारी गर्दैगर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दाहालविरुद्ध उम्मेदवारी दिने भनेपछि उनी गोरखा २ पुगेका थिए।

गोरखा २ मा कांग्रेसको बलियो पकड भएपनि कहिले बाबुराम त कहिले दाहाललाई सहयोग गर्दै आएको छ। बाबुरामले विगतमा पनि कांग्रेसकै सहयोगमा चुनाव जितेका थिए।

पार्टी एकता गर्ने र बाबुरामलाई पार्टीको जिम्मा दिने पार्टीको नाम समाजवादी मोर्चा राख्ने दाहालसँग भद्र सहमति थियो। तर चुनाव सकिएको डेढ वर्षसम्म पनि कुनै सुरसार नभए पनि बाबुरामले गोरखामा घरसमेत बनाउन थालेका छन् भने अधिकांश समय गोरखामा बिताउन थालेका छन्।


प्रकाशित : आइतबार, फागुन २७ २०८०११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend