बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बीवाईडी एटो थ्री : बन्यो २०२३ मा नेपालको सर्वाधिक आयात हुने विद्युतीय कार

दैनिक ४ वटाभन्दा धेरै बिक्री, यस्तो छ मासिक आयात

शनिबार, फागुन २६ २०८०
बीवाईडी एटो थ्री : बन्यो २०२३ मा नेपालको सर्वाधिक आयात हुने विद्युतीय कार

यो तथ्यांकमा पनि बीवाईडीको विद्युतीय एसयूभी एटो थ्री एक्लैको संख्या १ हजार ५ सय ३२ वटा रहेको छ।

काठमाडौं- सरकारले विद्युतीय कारमा कर सहुलियत दिँदै प्रवर्द्धन गर्ने नीति लिएसँगै नेपाली बजारमा विद्युतीय कारको प्रयोग उल्लेख्यरुपमा बढेको छ। यसका साथै कोभिडपछि आयात प्रतिबन्ध र रिस्क वेयटेज बढाइएका कारण पेट्रोलियम कारको बिक्री हुन नसक्दाको परिस्थितिजन्य लाभ पनि विद्युतीय कारलाई प्राप्त भयो। 

नेपालमा आम उपभोक्तामा बढ्दै गएको वातावरणमैत्री सवारीको चाहनालगायत कारणले पनि बिक्रीको ग्राफ अग्लिँदै गएको छ। यसले विद्युतीय कारको बजार रोचक बन्दै गइरहेको छ। नयाँ-नयाँ ब्रान्ड आउने क्रम बढेको छ भने संख्यात्मक वृद्धिले ब्रान्डहरूबीच प्रतिस्पर्धा पनि चुलिँदै गएको छ। 

२०२२ को तुलनामा २०२३ मा विद्युतीय कारको आयात उल्लेख्य रुपमा बढेर ६ हजार ७ सय ६२ वटा आयात भएको छ। २०२२ मा नेपालमा कुल २ हजार २ सय ४० वटा मात्र विद्युतीय कार आयात भएको थियो। नेपालमा सबैभन्दा धेरै विद्युतीय कार आयात गर्ने पहिलो टाटा मोटर्स हो भने दोस्रोमा बीवाईडी रहेको छ। 

बीवाईडीले २०२२ मा १ सय ४२ वटा मात्र विद्युतीय कार आयात गरेको थियो। तर २०२३ मा आइपुग्दा बीवाईडीको आयात सयौँ गुणा बढेर २ हजार १ सय ७७ वटा विद्युतीय कार आयात भएको तथ्यांक छ। यो तथ्यांकमा पनि बीवाईडीको विद्युतीय एसयूभी एटो थ्री एक्लैको संख्या १ हजार ५ सय ३२ वटा रहेको छ। 

नेपाली बजारमा २०२३ को सबैभन्दा सफल एसयूभीमा बीवाईडी एटो थ्री दह्रिएको छ। यो वर्ष विद्युतीयमात्र होइन समग्र प्यासेन्जर कार सेगमेन्टमा सबैभन्दा धेरै आयात हुने कार पनि एटो थ्री नै हो। 

आकर्षक डिजाइन, ब्रान्ड लिगेसी, अत्याधुनिक विशेषता र उत्कृष्ट रेन्जका कारण धेरै नेपालीको रोजाइमा बीवाईडी एटो थ्री परेको छ।

हाल नेपाली बजारमा एटो थ्री दुई ब्याट्री अप्सन ६०.४८ केडब्लूएच र ४९.९२ केडब्लूएचको ब्याट्री प्याकमा उपलब्ध रहेको छ। यी दुवै व्याट्री अप्सनयुक्त एटो थ्रीमा १ सय किलोपावको पिकपावरयुक्त मोटर जडान गरिएको छ। 

बीवाईडी आफैले उत्पादन गरेको थिलियम आयन ब्याट्री बीवाईडीका विद्युतीय कारमा प्रयोग भएका छन्। बीवाईडी विश्वको दोस्रो ठूलो ब्याट्री उत्पादक समेत हो।

बीवाईडीको ब्याट्रीको खासियत भनेको उसको ब्याट्री प्याकिङ टेक्नोलाजी हो। बीवाईडीले ब्लेड ब्याट्रीका लागि ग्लोबल पेटेन्ट दर्ता गराएको छ। ब्लेड ब्याट्रीलाई अन्य ब्याट्रीभन्दा बढी सुरक्षित मानिएको छ।

नेपालमा आयात हुने बीवाईडीका ई सिक्स, एटा थ्री, डलफिल र सिल सबैमा ब्लेड ब्याट्री प्रयोग गरिएको छ। एटो थ्री स्पोर्टी लुक्समा आकर्षक भएकाले विद्युतीय कार खरिदकर्ता धेरैको रोजाइमा पर्ने सफल भएको हो।

२०२३ को १२ महिनामा भएको आयात तथ्यांकलाई आधार मान्दा नेपालमा बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले दैनिक ४ वटाभन्दा बढी एटा थ्री कार बिक्री गरेको छ। 

२०२२ मा एटो थ्री ८ वटामात्र आयात भएको थियो। तर २०२३ भने माग उल्लेख रुपमा बढ्दा एटो थ्रीको आयातले नयाँ मानक नै कायम गर्न सफल भएको हो।

यस्तो छ २०२३ मा मासिक आयातको तथ्यांक

सो वर्षको जनवरी र फेब्रुअरी दुई महिनामा एटो थ्री आयात भएको देखिँदैन। तर त्यसपछिका हरेकजसो महिना एटो थ्रीको आयात आकासिएको छ।

मासिकरुपमा हेर्दा सबैभन्दा कम मार्चमा १० वटा आयात भएको छ भने सबैभन्दा धेरै डिसेम्बरमा ४ सय ७६ वटा एटो थ्री आयात भएको भन्सारको तथ्यांकले देखाएको छ। 

मार्च- १० 

अप्रिल- १७

मे- १४३

जुलाई- १२३

अगस्ट- १५२

सेप्टेम्बर- १८४

अक्टोबर- २२४

नोभेम्बर- २०३

डिसेम्बर- ४७६ 


प्रकाशित : शनिबार, फागुन २६ २०८०११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend