बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

महालक्ष्मी विकास बैंकद्वारा नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति वितरण

बिहीबार , फागुन २४ २०८०
महालक्ष्मी विकास बैंकद्वारा नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति वितरण

नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति बैंकले धनगढीको त्रिनगर माध्यमिक विद्यालयकी छात्रा हिराकुमारी जोशीलाई प्रदान गरेको हो।

काठमाडौं- महालक्ष्मी विकास बैंकले त्रिनगर माध्यमिक विद्यालय धनगढी, केलालीमा अध्यनरत छात्रा हिराकुमारी जोशीलाई कक्षा दश अध्ययनका लागि स्वर्गीय नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ।

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व नवराज बहादुर सिंहको स्मृतिमा स्थापित नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिलकुमार नेपालले छात्रा हिराकुमारी जोशीलाई हस्तान्तरण गरेका हुन्।

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यनमा सहयोग पुर्‍याउने उद्देश्यले ५० हजार रूपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ।

उक्त कार्यक्रममा बोल्दै बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख नेपालले विद्यार्थीहरु देशका कर्णधार भएकाले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको बताए। विद्यालयका प्रधानाध्यापक भूपाल सिंह खड्काले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने कुरा जानकारी गराउँदै बैंकले गरेको सहयोग प्रती कृतज्ञता जाहेर गरे।

आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारीरुपमा निरन्तरता दिने बैंकले जनाएको छ। साथै बैंकले ग्राहकहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता पनि जनाएको छ। 


प्रकाशित : बिहीबार , फागुन २४ २०८०१६:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend