आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

दुई लाखले भरे राष्ट्रिय परिचयपत्रको फारम

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर २५ २०७८
images
दुई लाखले भरे राष्ट्रिय परिचयपत्रको फारम

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा झण्डै दुई लाखले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन्। जिल्लाका स्थानीय तहमा सञ्चालन गरिएको घुम्ती शिविर र फिल्ड कार्यालयमा नै पुगेर राष्ट्रिय परिचयपत्रको फारम भर्नेको सङ्ख्या एक लाख ९७ हजार ३८२ पुगेको हो। 

images
images

काठमाडौं-नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा झण्डै दुई लाखले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन्। जिल्लाका स्थानीय तहमा सञ्चालन गरिएको घुम्ती शिविर र फिल्ड कार्यालयमा नै पुगेर राष्ट्रिय परिचयपत्रको फारम भर्नेको सङ्ख्या एक लाख ९७ हजार ३८२ पुगेको हो। 

images
images
images

सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले साउनमा सञ्चालन भएको घुम्ती शिविरबाट एक लाख ८४ हजार ३३७ ले राष्ट्रिय परिचयपत्रको फारम भरेको जानकारी दिए। त्यस्तै जिल्ला प्रशासन कार्यालयमा रहेको फिल्ड कार्यालयमा नै पुगेर शुक्रबारसम्म १३ हजार ४५ ले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेका थापाको भनाइ छ। 

images
images

जिल्ला प्रशासन कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०बाट नयाँ नागरिकता बनाउने भन्दा धेरैले नागरिकताको प्रतिलिपि निकालेका छन्। चालु आर्थिक वर्ष २०७८/७९ को कात्तिक मसान्तसम्म जिल्लामा चार हजार ४८६ ले नयाँ नागरिकता बनाउँदा चार हजार ६०१ ले नागरिकताको प्रतिलिपि निकालेका छन्।

images
images

नयाँ नागरिकता बनाउने पुरुष दुई हजार ३३५ तथा महिला दुई हजार १५१ रहेका भन्दै सहायक प्रजिअ थापाले नागरिकताको प्रतिलिपि निकाल्ने पुरुष दुई हजार ४४१ तथा महिला दुई हजार १६० रहेका बताए। 


जिल्ला प्रशासनमा राहदानीको काम रोकिएको छ। पुरानो (एमआरपी) राहदानी निर्माण रोकेर नयाँ  ‘इ–पासपोर्ट’ बनाउन सुरु भएसँगै जिल्लाबाट राहदानीको काम रोकिएको हो । यद्यपि अत्यावश्यक पर्ने व्यक्तिका लागि इ–पासपोर्टको सिफारिस दिने काम भइरहेको सहायक प्रजिअ थापाले बताए। 

अबको केही समयमा नै जिल्लाबाटै इ–पासपोर्ट जारी गर्ने तयारी भइरहेको भन्दै थापाले जिल्लाबाट इ–पासपोर्टको सिफारिससमेत बन्द गरिने बताए।

अहिले राहदानी विभागसहित उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयले ई–पासपोर्ट जारी गर्दै आएका छन्। जिल्लामा साउनदेखि मङ्सिर पहिलो सातासम्म दुई हजार ६२० पुरुष तथा एक हजार ४०८ महिला गरी चार हजार २८ जले राहदानी लिएका छन्।  


प्रकाशित : शनिबार, मंसिर २५ २०७८०२:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend