बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

पुस महिनामा ब्याजदर नबढाउने वाणिज्य बैंकहरूकाे भद्र सहमति

images
शुक्रबार, मंसिर २४ २०७८
images
पुस महिनामा ब्याजदर नबढाउने वाणिज्य बैंकहरूकाे भद्र सहमति

बजारमा तरलताको संकट बढ्दै गएको भए पनि पुस महिनाको लागि ब्याजदर नबढाउने सहमती गरिएकाे हाे। 

images
images

काठमाडौं- वाणिज्य बैंकहरूले पुस महिनामा ब्याजदर नबढाउने भद्र सहमति गरेका छन्। नेपाल बैंकर्स एसोसिएसनको शुक्रबार बसेकाे बैठकमा अनाैपचारिक सहमति भएकाे एक बैंकरले जानकारी दिए।

images
images
images

यद्यपि केही बैंकर बैठकमा उपस्थित नभएकाेले सबैकाे सहमतिमा मात्रै निर्णय सार्वजनिक गर्ने तयारी संघले गरेकाे छ। बजारमा तरलताको संकट बढ्दै गएको भए पनि पुस महिनाको लागि ब्याजदर नबढाउने सहमति गरिएकाे हाे। 

images
images

गत कात्तिक र मंसिरमा निक्षेपको ब्याज बढाएका बैंकहरूले पुसमा भने नबढाउने सहमति गरेका छन्। ब्याजदर बढ्दै गएपछि राष्ट्रबैंकले समेत पटक पटक हस्तक्षेप गर्दै आएकाे छ।

images
images


प्रकाशित : शुक्रबार, मंसिर २४ २०७८०९:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend