बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हिमालयन जाभाले ल्यायो नयाँ ब्रान्ड ‘मोक्का क्याफे’, सस्तो मूल्यमा जाभाकै गुणस्तर

सोमबार, फागुन २१ २०८०
हिमालयन जाभाले ल्यायो नयाँ ब्रान्ड ‘मोक्का क्याफे’, सस्तो मूल्यमा जाभाकै गुणस्तर

हिमालयन जाभा प्रिमियम भएका कारण त्यहाँ नजाने ग्राहकलाई समेट्न र क्याफे कल्चरलाई विस्तार गर्नका लागि मोक्का आएको हो।

काठमाडौं- नेपालकै ठूलोमध्येको कफीचेन हिमालयन जाभाले आफ्नो नयाँ ब्रान्ड ल्याएको छ। प्रिमियम क्याफे चेनका रुपमा विस्तार भएको हिमालयन जाभाले आफ्नो सहायक ब्रान्ड मोक्का क्याफे ल्याएको हो।

क्याफे मोक्का अहिले काठमाडौंको हेरिटेज प्लाजामा सञ्चालनमा आइसकेको छ। शोकेसका रुपमा यो क्याफे सञ्चालनमा रहेको छ। हिमालयन जाभाको उत्पत्ति भएकै ठाउँबाट मोक्का सुरू भएको हो। 

जाभाले हस्पिटालिटी व्यवस्थापन कम्पनी एभिड पार्टनरकासँगको सहकार्यमा मोक्का ल्याएको हो। 

हिमालयन जाभाले मोक्का क्याफेलाई बजेट ब्रान्डका रुपमा ल्याएको छ। जाभाको तुलनामा सस्तो र उहि गुणस्तरमा सेवा दिनेगरी कम्पनीले नयाँ ब्रान्ड ल्याएको हो। 

IMG_0096.jpeg

कफी, बेकरीलगायतका मेन्यु हुने मोक्काको डिजाइन पनि किफायती र सस्तो हुनेछ। ४० लाख रुपैयाँमै नयाँ क्याफे तयार हुने यसमा किचेनको अवधारणा छैन। कुकिज र अन्य बेकरी केन्द्रीय किचेनबाट तयार भएर आपूर्ति हुने भएकाले मेसिनरी जडानमात्र हुनेछ। 

मोक्काको फ्रेन्चाइजी शुल्क पनि ५ लाख रुपैयाँमात्र रहेको छ। जाभाको तुलनामा निकै सस्तोमा यसको फ्रेन्चाइजी पाइनेछ। 

मोक्काको फ्रेन्चाइजी लिन खोज्नेका लागि दुईवटा विकल्प हुनेछन्। सेटअपसहितको तयारी एभिड पार्टनरले जिम्मा लिनेछ जसको शुल्क निश्चित हुनेछ। त्यसबाहेक सञ्चालनको जिम्मा आफै लिन नखोजे मोक्काले नै सञ्चालनको व्यवस्था मिलाइदिनेछ। 

मोक्कामा कफीको मूल्य १४० रुपैयाँबाट सुरू हुनेछ। हिमालयन जाभाको कफी ब्रूको डीएनएमा सस्तो कफीको स्वाद लिन खोज्नेका लागि मोक्का आएको हो। 

IMG_0095.jpeg

हिमालयन जाभा प्रिमियम भएका कारण त्यहाँ नजाने ग्राहकलाई समेट्न र क्याफे कल्चरलाई विस्तार गर्नका लागि मोक्का आएको हो। क्याफेलाई प्रत्येक गल्लीमा पुर्‍याउनका लागि मोक्का ल्याइएको र त्यसमा सफल हुने एभिड पार्टनरका अध्यक्ष निशान्त श्रेष्ठले बताए।

गुस्तरीय क्याफेको अनुभव लिन ग्राहकका लागि र नाफामा लगानीकर्ता दुबैलाई न्याय हुने मोडलमा मोक्का आएको उनको भनाइ छ। 

मोक्का सञ्चालन भएपछि सफल लगानीकर्ता फाइदामा जाने निश्चित भएको र ग्राहकका लागि सस्तो मूल्यमै कफीको स्वाद पाइने उनको भनाइ छ। 

आगामी ३ वर्षमै नेपालभर मोक्काको फ्रेन्चाइजी विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ। 

IMG_0097.jpeg


प्रकाशित : सोमबार, फागुन २१ २०८०१३:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend