आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

१ करोड ६४ लाख अवैध आम्दानी गरेको भन्दै अर्थ मन्त्रालयका शाखा अधिकृतविरूद्ध मुद्दा

images
बिहीबार , मंसिर २३ २०७८
images
१ करोड ६४ लाख अवैध आम्दानी गरेको भन्दै अर्थ मन्त्रालयका शाखा अधिकृतविरूद्ध मुद्दा

आयव्ययको प्रवाह विवरण बचतअनुसार जाँच अवधिमा १ करोड ६४ लाख ८९ हजार ७ सय रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अख्तियारले जनाएको छ। 

images
images

काठमाडौं- अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धव प्रसाद थपलियाविरुद्ध अकूत सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

images
images
images

हाल अवकाशप्राप्त उनीविरूद्ध पदमा रहँदा १ करोड ६४ लाख ८९ हजार ७ सय रूपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको भन्दै मुद्दा दायर गरिएको हो। 

images
images

उनी सरकारी सेवामा प्रवेश गरेको २०४० साल फागुन ०६ गतेदेखि २०७५ चैत ३० सम्मको जाँच अवधिमा सिर्जित सम्पत्ति एवं खर्च तथा लगानीहरूमा गरिएको कूल खर्च र सोही अवधिको आयव्ययको प्रवाह विवरण बचतअनुसार जाँच अवधिमा १ करोड ६४ लाख ८९ हजार ७ सय रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अख्तियारले जनाएको छ। 

images
images

अख्तियारले गरेको अनुसन्धान थपलियाको वैध आय १ करोड २ लाख ८२ हजार २ सय ५८ रुपैयाँ देखिएको छ। सोही अनुपातमा उही अवधिमा उनले सिर्जना गरेका सम्पत्ति एवं खर्च तथा लगानीहरू २ करोड ६७ लाख ७१ हजार ९ सय ५८ देखिएको अख्तियारले जनाएको छ।

'थपलियाले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेकोले निज उद्धब प्रसाद थपलियालाई विगो रू. १,६४,८९,७००।२५ (एक करोड चौसठ्ठी लाख उनानब्बे हजार सात सय रूपैयाँ पच्चीस पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुनका साथै निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिसमेत साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १६ ग., दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम असुल उपर/जफत गरी पाउन मागदावी लिइएको छ।' अख्तियारको पत्रमा उल्लेख छ। 

थपलियाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती मुना पन्त थपलियाको नाममा समेत राखेको भेटिएको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ। अख्तियारले थपलियाकी श्रीमती मुनालाई पनि विपक्षी बनाउँदै उनको नाममा भएका घरजग्गा तथा बैंक खाताहरूमा मौज्दात रहेको रकम जफत गर्न मागदाबी गरेको छ। 


प्रकाशित : बिहीबार , मंसिर २३ २०७८११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend