बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

अर्थमन्त्रीले फेरि दोहोर्‍याए - आर्थिक वृद्धिदर ७ प्रतिशत हुन्छ

images
बिहीबार , मंसिर २३ २०७८
images
अर्थमन्त्रीले फेरि दोहोर्‍याए - आर्थिक वृद्धिदर ७ प्रतिशत हुन्छ

चालु आर्थिक वर्षमा मात्रै २३ खर्ब ८६ अर्ब राष्ट्र बैंकले तरलता प्रवाह गरेको भए पनि समस्या समाधान भइनसकेको उनको भनाइ छ।

images
images

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत बनाउने विषय फेरि दोहोर्‍याएका छन्। बिहीबार प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री शर्माले ७ प्रतिशतको वृद्धि लक्ष्य भेटिने बताएका हुन्। 

images
images
images

विकास खर्चसमेत अब तीब्र रुपमा बढाउने भन्दै उनले अहिले बेमौसमी वर्षाका कारण खर्बाैंको क्षति भएर समस्या परेको बताए। उनले थप अरू चुनौती थपिए पनि आर्थिक वृद्धिदरको लक्ष्य जसरी पनि भेटिने दाबी गरे।

images
images

बैंकिङ क्षेत्रमा १६ अर्ब मात्रै लगानीयोग्य रकम रहेको भन्दै उनले तरलतामा समस्या रहेको बताए। चालु आर्थिक वर्षमा मात्रै २३ खर्ब ८६ अर्ब राष्ट्र बैंकले तरलता प्रवाह गरेको भए पनि समस्या समाधान भइनसकेको उनको भनाइ छ। यो समस्या पछाडिको कारण पुँजीगत खर्च हुन नसक्नुसमेत उनले औँल्याए। 

images
images

अर्थ समितिमा देशको अर्थतन्त्रको वर्तमान अवस्था र अर्थ मन्त्रालयका काम कारबाहीबारे जानकारी गराउँदै उनले खर्च गर्ने प्रणालीलाई बलियो बनाएर अघि बढ्नेसमेत बताए। 


प्रकाशित : बिहीबार , मंसिर २३ २०७८०७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend