बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपालबाट बाहिरियो अमेरिकी प्रविधि कम्पनी कोटिभिटी

कर्मचारीको दायित्व छल्न राजीनामा दिन लगाएर नयाँ कम्पनीमा नियुक्ति

बिहीबार , फागुन १० २०८०
नेपालबाट बाहिरियो अमेरिकी प्रविधि कम्पनी कोटिभिटी

कोटिभिटी इन्कको सहायक कम्पनीका रुपमा नेपालमा रहेको बिजनेस इन्फाइटलाई बिक्री गरेको घोषणा भएपनि कुन र कस्तो प्रकृतिको सम्झौता हो भन्ने कुरा अझैसम्म खुलेको छैन।

काठमाडौं- अमेरिकी प्रविधि कम्पनी कोटिभिटी नेपालबाट बाहिरिएको छ। नेपालमा दर्ता भएर काम गर्दै आएको कोटिभिटी नेपालबाट बाहिरिएको हो। 

कोटिभिटी नेपालले आफ्नो सबै दायित्व अर्को कम्पनीलाई बिक्री गरेर बाहिरिएको घोषणा गरेको हो। कोटिभिटी नेपाल इन्फाइनाइटल कम्प्युटर सोलुसनको पार्ट भएको भनिएको छ। अर्थात् यो कम्पनीले कोटिभिटी नेपाल खरिद गरेको छ। 

इन्फाइनाइट पनि अमेरिकी कम्पनी नै हो। विश्वका विभिन्न देशमा कार्यालय स्थापना गरेर सफ्टवेयर डेभलपमेन्टको काम गर्दै आएको यो कम्पनी पनि कोटिभिटीको जस्तै काम गर्छ। 

कोटिभिटी इन्कको सहायक कम्पनीका रुपमा नेपालमा रहेको बिजनेस इन्फाइटलाई बिक्री गरेको घोषणा भएपनि कुन र कस्तो प्रकृतिको सम्झौता हो भन्ने कुरा अझैसम्म खुलेको छैन। 

स्रोतहरूका अनुसार कानूनी रुपमा बिक्रीको नाम दिएपनि व्यवहारिक रुपमा भने फरक देखिएको छ। कुनै पनि कम्पनीको खरिदबिक्री हुँदा कर्मचारी पनि नयाँ कम्पनीको पार्ट हुन्छन् तर यसमा त्यस्तो नभएको बताइएको छ। 

कोटिभिटी नेपालमा काम गरिरहेकाहरूलाई राजीनामा दिन लगाएर इन्फानाइटमा जोडिन भनिएको छ। खरिद बिक्रीको नाममा कर्मचारीको दायित्व छल्ने कोशिस भइरहेको कर्मचारीहरूले गुनासो गरेका छन्। 

‘सामान्यतया कुनै पनि कम्पनीबाट जागिर छाड्दा केही रकम दिनुपर्छ त्यो पनि दिइएको छैन तर यहाँ राजीनामा दिन लगाएर नयाँ नामको कम्पनीमा भर्ना हुन अफर दिइएको छ। कतिपयले त छाडिसके उनीहरूले यत्रो वर्ष काम गर्दा पनि खाली हात गएका छन्’ स्रोतले भन्यो। 

Screenshot 2024-02-21 at 18.13.19.png

कोटिभिटी इन्क स्वास्थ्य सेवासँग सम्बन्धित प्रणाली बनाउने कम्पनी हो। नेपालमा ३ सय जनालाई रोजगारी दिँदै आएको थियो। पछिल्लो समय कर कार्यालयको अडिटमा पनि परेको थियो। 

नेपालमा दर्ता भएर सञ्चालन भएपनि मुख्य कम्पनीको स्वामित्व परिवर्तन हुँदा वा नेपालमै पनि हुने कारोबारको नियमित रिपोर्टिङ नगरेको भन्दै कर कार्यालयले पत्र काटेको थियो।

कोटिभिटीको मुख्य कम्पनीमै पनि लगानीकर्ता परिवर्तन भएको थियो। हालैमात्र अमेरिकामा रहेको कम्पनीमा लगानी संरचना परिवर्तन भएको थियो। सफ्टवेयर डेभलपमेन्टको काम गर्नेमध्ये नेपालमा रहेकामा सबैभन्दा प्रतिष्ठितमध्येमा कोटिभिटीलाई पनि लिइन्थ्यो।


प्रकाशित : बिहीबार , फागुन १० २०८०१६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend