बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारी नियुक्त

आइतबार, फागुन ६ २०८०
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारी नियुक्त

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सल्लाहकार भएकै समयमा भण्डारीले अध्यक्षका लागि आवेदन दिएका थिए।

काठमाडौं- सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपिषदको बैठकले भण्डारीलाई अध्यक्षमा नियुक्त गरेको हो। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सल्लाहकार भएकै समयमा भण्डारीले अध्यक्षका लागि आवेदन दिएका थिए।

भण्डारीले यसअघि उपेन्द्र महतोले लगानी गरेका टेलिकम कम्पनीदेखि विदेशसम्म काम गरेका थिए। एनसेल, स्मार्ट तथा युटीएलमा काम गरेको अनुभव गरेका भण्डारी चार्टर्ड एकाउन्टेन हुन्। 

एनसेल खरिद बिक्री, स्मार्टको लाइसेन्स व्यवस्थापन तथा नयाँ टेलिकमको लाइसेन्स दिने चर्चा चलिरहेको समयमा भण्डारी अध्यक्ष नियुक्त भएका हुन्।

दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा सुरूदेखि मिलेमतोको गन्ध, प्रभावशाली आवेदक भण्डारी दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा सुरूदेखि मिलेमतोको गन्ध, प्रभावशाली आवेदक भण्डारी

यसअघिका अध्यक्ष पुरुषोत्तम खनालले राजिनामा दिएपछि अध्यक्ष सिफारिस गर्न सञ्चार सचिवको नेतृत्वमा समिति बनेको थियो। उक्त समितिले गरेको सिफारिसमध्येबाट सरकारले भण्डारीलाई नियुक्त गरेको हो।  


प्रकाशित : आइतबार, फागुन ६ २०८०१९:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend