सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

नवलपुरका किसानलाई चैतेधान रोप्न भ्याइनभ्याइ

images
आइतबार, फागुन ६ २०८०
images
नवलपुरका किसानलाई चैतेधान रोप्न भ्याइनभ्याइ

मकैभन्दा धान उत्पादन राम्रो हुने र दुई बाली धान लगाउँदा एक बालीको धान बिक्री गरेर आम्दानी गर्न सकिने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका हुन्।

images
images

मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते(हिउँदे) धान लगाउन व्यस्त छन्। दुई बाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ छ। 

images
images
images

मकैभन्दा धान उत्पादन राम्रो हुने र दुई बाली धान लगाउँदा एक बालीको धान बिक्री गरेर आम्दानी गर्न सकिने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका हुन्। विगत चार वर्षदेखि जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकामा चैते धान खेतीको ब्लक क्षेत्र छुट्ट्याएर खेती सुरु गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए।

images
images

'जिल्लाको कावासोती नगरपालिका-८ देखि १७, गैँडाकोट नगरपालिका-१०, ११, १२ र १३, देवचुली नगरपालिका-१७, मध्यविन्दु नगरपालिका-२ र ३,  विनयी त्रिवेणी गाउँपालिका-१ र ५, बुलिङटार गाउँपालिका-३ र बौदीकाली गाउँपालिका-४ मा हिउँदे धान खेती हुने गरेको छ', उनले भने।

images
images

कृषि ज्ञान केन्द्र नवलपुरले चैते धान उत्पादन हुने सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गरी किसानलाई प्रोत्साहन गर्दै आएको छ। बर्खे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भएकाले पनि चैते धानतर्फ किसानको आकर्षण बढेको प्रमुख तिवारीले बताए।

'गत वर्ष जिल्लामा एक हजार दुई सय १० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको थियो', उनले भने, 'यस वर्ष एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने भएको छ। गतवर्ष भन्दा अहिले एक सय १५ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ।' जिल्लामा गतवर्ष एक हजार दुई सय १० हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ हुँदा छ हजार एक सय २३ मेट्रिक टन धान उत्पादन भएको थियो। 

बर्खे धान प्रतिहेक्टर तीन टनभन्दा बढी उत्पादन हुनेमा चैते धान प्रतिहेक्टर तीनदेखि चार टनसम्म उत्पादन हुने प्रमुख तिवारीले जानकारी दिए। 'चैते धानमा रोग तथा कीरा पनि कम लाग्ने भएकाले किसानका लागि यो राम्रो मानिन्छ ', उनले भने, 'जिल्लामा विशेष गरी चैते-५ र हर्दिनाथ-१ जातको चैते धान रोप्ने गरिन्छ।' रासस


प्रकाशित : आइतबार, फागुन ६ २०८०१५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend