आइतबार, जेठ ६ गते २०८१    
images
images

एमएडब्लू वृद्धिले डोङफेङको विद्युतीय सवब्रान्ड नामी ल्याउने निश्चित

images
शुक्रबार, फागुन ४ २०८०
images
images
एमएडब्लू वृद्धिले डोङफेङको विद्युतीय सवब्रान्ड नामी ल्याउने निश्चित

त्यस्तै एमएडब्लू ग्रुपअन्तर्गतका कम्पनीले नेपाली बजारमा हेभी इक्युपमेन्टदेखि मोटरसाइकल तथा कारदेखि लुब्रिकेन्टसम्मको व्यापार गर्दै आएको छ।

images
images

काठमाडौं- चिनियाँ सवारी उत्पादक समूह डोङफेङअन्तर्गतको सवब्रान्ड नामी नेपाल आउने निश्चित भएको छ। यो ब्रान्ड एमएडब्लू वृद्धिले नेपाल ल्याउने तय भएको हो। 

images
images
images

नामी ब्रान्ड डोङफेङ मोटर कर्पोरेसनले २०२० मा स्थापना गरेको हो। सतप्रतिशत स्वामित्व डोङफेङसँगै रहेको नामी ब्रान्ड पूर्णतः विद्युतीय सवारी ब्रान्ड हो। कम्पनीले यो ब्रान्डलाई चीनसँग अन्तर्राष्ट्रिय बजारमा जानलाई केन्द्रित गरेर बनाएको हो। 

images

एमएडब्लू ग्रुप पछिल्लो समय विद्युतीय सवारीको व्यापारमा केन्द्रित हुन थालेको छ। एमएडब्लू वृद्धिले चिनियाँ ब्रान्ड फोटोनका विद्युतीय भ्यान तथा पिकअप ट्रक, सेरेस ब्रान्डको विद्युतीय कार र चाङगनको सव ब्रान्ड डिपलका विद्युतीय कार नेपाली बजारमा उपलब्ध गराएको छ। त्यसैगरी अर्को एउटा ब्रान्डको विद्युतीय भ्यानसमेत ल्याउने तयारी गरिरहेको छ। 

images
images

त्यस्तै एमएडब्लू ग्रुपअन्तर्गतका कम्पनीले नेपाली बजारमा हेभी इक्युपमेन्टदेखि मोटरसाइकल तथा कारदेखि लुब्रिकेन्टसम्मको व्यापार गर्दै आएको छ।  

images
images

एमएडब्लू वृद्धिले डोङफेङ सव ब्रान्ड नामीको विद्युतीय कार ल्याउने तय गरिसकेको छ। विभिन्न व्यावसायिक घरानाले समेत ल्याउन चाहेको र प्रतिस्पर्धा गरिरहेको नामी ब्रान्डको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले हात पारेको हो। 

डोङफेङले कम्प्याक्ट विद्युतीय सवारी विशिष्टिकृत रुपमा उत्पादन गर्न नयाँ ब्रान्ड नामी ल्याएको हो। नामी ब्रान्डअन्तर्गत ०१ विद्युतीय सवारी केही महिनाअघि चीनमा सार्वजनिक भएको थियो। 

यस्तो छ नामी ०१ 

यो विद्युतीय कार डोङफेङको क्वान्टम आर्किटेक्चर एसथ्री प्लेटफर्ममा उत्पादन भएको हो। नामी ०१ को लम्बाइ ४ हजार ३० एमएम, चौडाइ १८ सय १० एमएम र उचाइ १५ सय ७० एमएम रहेको छ। २६ सय ६० एमएम ह्वीलवेस रहेको यो कार स्वीफ्टभन्दा केही ठूलो आकारको छ। 

मोबाइल रिमोट कन्ट्रोलसहित १२.८ इन्चको कन्ट्रोल प्यान यो कारमा छ। त्यस्तै गरि ब्लाइन्ड स्पर्ट मनिटरिङ, अटोनोमस पार्किङ, रिमोट पार्किङ, लेन किपिङ असिस्ट, क्रुज कन्ट्रोललयात विशेषतासहति दुई ड्राइभिङ मोड रहेको छ। 

दुई ब्याट्री अप्सन ३१.४५ र ४२.३ किलोवाट आवर ब्याट्री अप्सनमा यो कार चीनमा उपलब्ध छ। नेपाली बजारमा कुन मोडल आउने तय भइसकेको छैन। ७० किलोवाटको मोटर जडान भएको यो कारको टप स्पीड १ सय ४० किलोमिटर प्रतिघण्टा रहेको छ। 

चाइना लाइट-ड्युटी भेहिकल टेस्ट साइकल(सीएटीसी)को दाबीअनुसार ३१.४५ केडब्लूएच ब्याट्री भएको नामी ०१ ले फुल चार्जमा ३ सय ३० किलोमिटर र ४२.३ केडब्लूएच ब्याट्री भएकोले ४ सय ३० किलोमिटर रेन्ज दिने छ। डीसी फस्ट चार्जरमार्फत ३० देखि ८० प्रतिशत चार्ज हुन जम्मा ३० मिनेट लाग्ने दाबी कम्पनीले गरेको छ। 


प्रकाशित : शुक्रबार, फागुन ४ २०८०११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend