बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

पर्सामा सवारी दुर्घटनामा ५८ प्रतिशतले वृद्धि, ज्यान गुमाउनेको संख्या २३ प्रतिशतले बढ्यो

images
बुधबार, फागुन २ २०८०
images
पर्सामा सवारी दुर्घटनामा ५८ प्रतिशतले वृद्धि, ज्यान गुमाउनेको संख्या २३ प्रतिशतले बढ्यो

कुल सवारी दुर्घटनामध्ये ६५ प्रतिशत दुर्घटना मोटरसाइकलका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक नै बढी रहेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए।

images
images

पर्सा- सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पर्सामा बढ्दै गएको छ। गत आर्थिक वर्षको साउनदेखि माघसम्मको तुलनामा चालु आवको सोही अवधिमा सवारी दुर्घटनामा ५८ प्रतिशत वृद्धि भएको छ भने ज्यान गुमाउनेको सङ्ख्या २३ प्रतिशतले बढेको छ।

images
images
images

गत आवको पहिलो छ महिनामा भएका एक सय ३१ सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु भएको तुलनामा चालु आवको सोही अवधिमा दुई सय सात सवारी दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ।

images
images

जिल्लामा भएका कुल सवारी दुर्घटनामध्ये ६५ प्रतिशत दुर्घटना मोटरसाइकलका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक नै बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए।

images
images

उनले सबैभन्दा बढी सवारी दुर्घटना जिल्लाको ग्रामीण भेगमा हुने गरेको छ। उनले दुर्घटनाको मुख्य कारण द्रुतगतिमा सवारी साधन चलाउनु नै रहेको बताए। सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या वृद्धि भएसँगै दुर्घटनामा परी गम्भीर घाइते हुनेको सङ्ख्या १९ प्रतिशत र समान्य घाइतेको सङ्ख्या ५० प्रतिशतले वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

गत आवमा भएका सवारी दुर्घटनामा परी गम्भीर ४१ र सामान्य एक सय ८१ घाइते भएको तुलनामा चालु आवमा गम्भीर घाइते हुनेको सङ्ख्या ४९ र सामान्य घाइतेको सङ्ख्या दुई सय ७१ पुगेकोे निरीक्षक खतिवडाले जानकारी दिए। उनले बढ्दो सवारी दुर्घटनालाई न्यून गर्न ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा आयोजना गरेको चेतनामूलक कार्यक्रममा ४१ हजारभन्दा बढी व्यक्तिलाई सवारी ऐनबारे जनचेतना दिएको बताए। रासस


प्रकाशित : बुधबार, फागुन २ २०८०१३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend