सोमबार, वैशाख २४ गते २०८१    
images
images

विश्वकप लिग २ का सबै खेल एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने

images
images
images
विश्वकप लिग २ का सबै खेल एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने

तीनै टोलीले एकअर्कासँग दुईपटक खेल्नेछन्। लिग २ का सबै ६ खेल डिशहोमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्नेछ।

images
images

काठमाडौं- नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का खेलहरु फेब्रुअरी १५ बाट सुरु हुँदैछ। डिसहोम एक्सन स्पोर्टस एचडी वानले आईसीसी लिग टूअन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने त्रिकोणात्मक एक दिवसीय सिरिज प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ।

images
images
images

पछिल्लो समय नेपाल र क्यानडाबीचको बाइल्याटरल सिरिज प्रत्यक्ष प्रसारण गरेको उक्त च्यानलले बिहीबारदेखि सुरु हुन लागेको खेलको पनि प्रत्यक्ष प्रसारण गर्न लागेको हो।

images

तीनै टोलीले एकअर्कासँग दुईपटक खेल्नेछन्। लिग २ का सबै ६ खेल डिशहोमको एक्सन स्पोर्टस एचडी १ ले प्रत्यक्ष प्रसारण गर्नेछ। त्यस्तै एक्सन स्पोर्टसको युट्युब र डिशहोस गो एपबाट पनि प्रत्यक्ष प्रसारण हुनेछ। 

images

कीर्तिपुरस्थित टियु मैदानमा हुने लिगको पहिलो खेल फेुब्रअरी १५ मा नेपाल र नामिबियाबीच हुनेछ। फुब्रअरी १७ मा नेपाल र नेदरल्यान्ड्स, फुब्रअरी १९ मा नामिबिया र नेदरल्यान्ड्स, फेब्रुअरी २१ नेपाल र नामिबिया, फुब्रुअरी २३ मा नामिबिया र नेदरल्यान्ड्स तथा फुब्रअरी २५ मा छैटौँ तथा अन्तिम खेल नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ।

images
images

लिग २ मा नेपाल, नामिबिया, नेदरल्यान्ड्ससहित क्यानडा, ओमान, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स, अमेरिका छन्। लिग २ मा हरेक टोलीले ३६ खेल खेल्नेछन्।

उक्त सिरिज डिसहोमको एक्सन स्पोर्टस एचडी र डिस होम गो एप्समा हेर्न पाइने छ। लिग टू को पहिलो खेलमा नेपालले नामेवियासँग विहीबार १५ फेब्रुअरीमा खेल्ने छ। सबै खेल विहान सवा ९ बजेदेखि सुरु हुने छ। तीन वर्षसम्म चल्ने लिग २ का शीर्ष ४ टोलीले सिधै विश्व छनोट खेल्ने पाउनेछ। पुछारका ४ टोलीले भने प्ले अफ खेल्नुपर्ने हुन्छ। 

images

प्रकाशित : बुधबार, फागुन २ २०८०१२:०५

प्रतिक्रिया दिनुहोस