बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विश्वकप लिग २ का सबै खेल एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने

बुधबार, फागुन २ २०८०
विश्वकप लिग २ का सबै खेल एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने

तीनै टोलीले एकअर्कासँग दुईपटक खेल्नेछन्। लिग २ का सबै ६ खेल डिशहोमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्नेछ।

काठमाडौं- नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का खेलहरु फेब्रुअरी १५ बाट सुरु हुँदैछ। डिसहोम एक्सन स्पोर्टस एचडी वानले आईसीसी लिग टूअन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने त्रिकोणात्मक एक दिवसीय सिरिज प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ।

पछिल्लो समय नेपाल र क्यानडाबीचको बाइल्याटरल सिरिज प्रत्यक्ष प्रसारण गरेको उक्त च्यानलले बिहीबारदेखि सुरु हुन लागेको खेलको पनि प्रत्यक्ष प्रसारण गर्न लागेको हो।

तीनै टोलीले एकअर्कासँग दुईपटक खेल्नेछन्। लिग २ का सबै ६ खेल डिशहोमको एक्सन स्पोर्टस एचडी १ ले प्रत्यक्ष प्रसारण गर्नेछ। त्यस्तै एक्सन स्पोर्टसको युट्युब र डिशहोस गो एपबाट पनि प्रत्यक्ष प्रसारण हुनेछ। 

कीर्तिपुरस्थित टियु मैदानमा हुने लिगको पहिलो खेल फेुब्रअरी १५ मा नेपाल र नामिबियाबीच हुनेछ। फुब्रअरी १७ मा नेपाल र नेदरल्यान्ड्स, फुब्रअरी १९ मा नामिबिया र नेदरल्यान्ड्स, फेब्रुअरी २१ नेपाल र नामिबिया, फुब्रुअरी २३ मा नामिबिया र नेदरल्यान्ड्स तथा फुब्रअरी २५ मा छैटौँ तथा अन्तिम खेल नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ।

लिग २ मा नेपाल, नामिबिया, नेदरल्यान्ड्ससहित क्यानडा, ओमान, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स, अमेरिका छन्। लिग २ मा हरेक टोलीले ३६ खेल खेल्नेछन्।

उक्त सिरिज डिसहोमको एक्सन स्पोर्टस एचडी र डिस होम गो एप्समा हेर्न पाइने छ। लिग टू को पहिलो खेलमा नेपालले नामेवियासँग विहीबार १५ फेब्रुअरीमा खेल्ने छ। सबै खेल विहान सवा ९ बजेदेखि सुरु हुने छ। तीन वर्षसम्म चल्ने लिग २ का शीर्ष ४ टोलीले सिधै विश्व छनोट खेल्ने पाउनेछ। पुछारका ४ टोलीले भने प्ले अफ खेल्नुपर्ने हुन्छ। 


प्रकाशित : बुधबार, फागुन २ २०८०१२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend