बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

सम्हालिन लागेको सेयर बजारमा व्यापक उतारचढाव, विश्लेषक अझै भन्छन् - बैंकमा निक्षेप बढ्यो अब बजार उकालो लाग्छ

images
मंगलबार, मंसिर २१ २०७८
images
सम्हालिन लागेको सेयर बजारमा व्यापक उतारचढाव, विश्लेषक अझै भन्छन् - बैंकमा निक्षेप बढ्यो अब बजार उकालो लाग्छ
images
images

काठमाडौं- ठूलो अंकको गिरावटपछि हिजो सोमबार सम्हालिएको सेयर बजारमा आज मंगलबार भने व्यापक उतारचढाव देखिएको छ। मंगलबार बजार खुलेको आधा घन्टामै ४४ अंकसम्म बढेर दिनभर उतारचढाव हुँदै कारोबार बन्द हुँदा बजार घटेको छ।

images
images
images

सोमबार ३२.२२ अंकले बढेर २५४६.०९ बिन्दुमा पुगेको सेयर बजार मंगलबार भने ३७.१८ अंकले घटेर २५०८.९१ बिन्दुमा झरेको छ। मंगलबार ३ अर्ब १२ करोड ८३ लाख रूपैयाँको मात्र कारोबार हुन सक्यो। 

images
images

सेयर बजार सम्हालिएको र अब बढ्ने बाटोमा जाने विश्लेषण भइरहँदा मंगलबारको बजार भने केही भिन्न देखियो। यस्तोमा सेयर बिश्लेषक छोटेलार रौनियार अहिले उतारचढावमा बजार देखिनु बुल मार्केटमै जाने संकेत भएको बताउँछन्। विगतको बुल सकिँदा ७५ प्रतिशसम्म घटेको अनुभव सुनाउँदै रौनियार बुल नसकिएको बताउँछन्।

images
images

‘बैंकहरूको निक्षेप विस्तारै बढ्न थालेको छ, अब पनि मौद्रिक नीतिको समीक्षाले असर गर्दैन,’ रौनियारले भने। आउने महिनादेखि रेमिट्यान्स बढ्न थाल्ने अनुमान बैंकरहरूले गरेका छन्। ‘केही महिनामै निक्षेप सहज हुने र ब्याजदर घट्न थाल्ने भएकोले अहिले उतारचढाव देखिए पनि अब बजार माथि जाने नै देखिन्छ’ उनले भने।  

वाणिज्य बैंकहरूमा पछिल्लो सातादेखि निक्षेप बढ्न थालेको छ। केही महिनादेखि ओरालो लागेको निक्षेप मंसिर १० देखि १७ सम्मको तथ्यांकमा भने केही सुधार देखिएको हो। नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकमा निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ भने कर्जाको माग १४ अर्ब रुपैयाँ रहेको छ। निक्षेपमा केही सुधार देखिए पनि कर्जाको माग भने दोबर नै बढेको छ।

गत साता भने कर्जाको माग १४ अर्ब रुपैयाँले बढ्दा निक्षेप ६ अर्ब रुपैयाँले घटेको थियो। सोमबार सेयर बजार ३२.२२ अंकले बढेर २५४६.०९ बिन्दुमा पुगेको थियो। सोमबार ९४ लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५४ करोड २३ लाख रुपैयाँको कारोबार भएको थियो। त्यसलाई मंगलबारको बजारले भने साथ दिएको देखिएन।

सोमबार भने सुरुमा बिक्रीको चाप परे पनि केही समयमै खरिदकर्ताहरू झुम्मिएका थिए। जसका कारण अधिकांश कम्पनीको सेयर बढेको थियो। त्यसअघि आइतबार भने बजार ७२.३० अंकले घटेर २५१३.८९ बिन्दुमा झरेको थियो। यसअघि मंसिर १२ गते बजार ८०.२९ अंकले घटेको थियो। 

मौद्रिक नीतिको समीक्षा हुनअगाडि मंसिर ९ गते बजार २७३१.७८ मा रोकिएको थियो। सेयर धितो राखेर लिइने कर्जामा ४/१२ करोडको सीमा मौद्रिक नीतिको समीक्षामा परिमार्जन नभए पनि त्यसले सेयर बजारमा ठूलो असर नगर्ने विश्लेषकहरूले बताउँदै आइरहेका थिए।

सेयर बजार धेरै तल नझर्ने विश्लेषकहरूको दाबी गलत साबित हुने गरी सेयर बजार अनुमानभन्दा बाहिरको उतारचढाव भइरहेको छ।सोमबार बजार सम्हालिएपछि अब केही उचाइमा जाने अनुमानसमेत गरिएको थियो। सोमबारको ३२.२२ अंकको बढोत्तरीले लगानीकर्ता केही सम्हालिएका थिए।

४/१२ को नीतिले त्रसित बनेका साना लगानीकर्ताहरू अधिकांश सेयर बिक्री गरेर बाहिरिएका छन्। जसको फाइदा ठूला लगानीकर्ताहरूले सेयर खरिद गर्न थालेको अनुमान गरिएको छ। अब ठूलाले सेयर खरिद गर्न थालेपछि स्वतः बजार बढ्ने अनुमान विश्लेषकहरूको छ।


प्रकाशित : मंगलबार, मंसिर २१ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend