बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बैंकिङ कसुरमा ९ करोड ७ लाख जरिबाना ठहर भएका एकजना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २८ २०८०
बैंकिङ कसुरमा ९ करोड ७ लाख जरिबाना ठहर भएका एकजना पक्राउ

प्रहरी नियन्त्रणमा रहेका रामभक्त थापाले ‘काभ्रे बोइलर सप्लायर्स’ फर्जी कम्पनीको कागजात बनाएर कर्जा लिएको पनि खुलेको छ।

काठमाडौं- नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा ९ करोड ७ लाख ६ हजार ३ सय ७८ रुपैयाँ जरिबाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुरमा उक्त रकम जरिबाना भएका काभ्रेपलाञ्चोक पनौती नगरपालिका-६ का ६७ वर्षीय रामभक्त थापालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

ब्युरोका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद सजाय र ९ करोड ७ लाख ६ हजार ३ सय ७८ रुपैयाँ जरिबाना तोकिएका थापालाई कोटेश्वरबाट पक्राउ गरिएको जानकारी दिए।

'थापाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारेर ऋण लिएको अनुसन्धानमा खुलेको छ', उनले भने। 

प्रहरी नियन्त्रणमा रहेका थापाले ‘काभ्रे बोइलर सप्लायर्स’ फर्जी कम्पनीको कागजात बनाएर कर्जा लिएको खुलेको हो।

उक्त मुद्दामा विसं २०७१ वैशाख २९ गते तत्कालीन पुनरावेदन अदालत पाटनले थापालाई तीन वर्ष कैद र बिगोबमोजिम जरिबाना सुनाएको थियो। थापालाई प्रहरीले आज फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पेस गरेको छ। 


प्रकाशित : आइतबार, माघ २८ २०८०१९:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend