बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

फर्जी कर्जाबारे राष्ट्र बैंकले छानबीन गरिरहेको एनआईसी एसिया बैंकको सेयर मूल्यमा ४.११ प्रतिशतको गिरावट

आइतबार, माघ २८ २०८०
फर्जी कर्जाबारे राष्ट्र बैंकले छानबीन गरिरहेको एनआईसी एसिया बैंकको सेयर मूल्यमा ४.११ प्रतिशतको गिरावट

काठमाडौं- नेपाल राष्ट्र बैंकले फर्जी कर्जाका विषयमा अनुसन्धान गरिरहेको एनआईसी एसिया बैंकको सेयर मूल्य ४.११ प्रतिशतले घटेको छ।

पुँजीकोष मिलान गर्न वासेल रिपोर्टमा १ खर्ब ३४ अर्ब फर्जी कर्जा देखाएको एनआईसी एसिया बैंकको सेयरमा आज आइतबार उच्च गिरावट आएको हो।

२९३ अर्ब कुल कर्जा प्रवाह गरेकोमा यस बैंकले आवासीय कर्जामा मात्रै करिब ४७ प्रतिशत लगानी गरेको देखिन्छ। जुन राष्ट्र बैंकको निर्देशनविपरीत हो। राष्ट्र बैंकले आवासीय कर्जामा अधिकतम २५ प्रतिशतमात्रै लगानी गर्न पाउने व्यवस्था गरेको छ। 

अर्कोतर्फ आवासीय कर्जाको जोखिमभार ६० प्रतिशतमात्रै रहेको छ। एनआईसी एसियाले कम जोखिमभार रहेको आवासीय कर्जामा बढी रकम देखाएर पुँजीकोष मिलान गरेको राष्ट्र बैंकको सुरुवाति अनुसन्धानबाट देखिएको राष्ट्र बैंक स्रोतको दाबी छ। 

चालु आर्थिक वर्षको तीन महिनामा करिब ३२ अर्ब कर्जा प्रवाह गरेर ८० अर्ब रुपैयाँ आवासीय कर्जा एनआईसी एसिया बैंकले वासेल रिपोर्टमा देखाएपछि राष्ट्र बैंकले 'मिसम्याच' भएको भन्दै अनुसन्धान थालेको हो। 

सुपरिवक्षेण विभागले एनआईसी एसिया बैंकमाथि अनुसन्धान गरिरहेको छ। आइतबार सेयर बजार परिसूचक नेप्सेमा सुरुवातबाटै एनआईसी एसिया बैंकको सेयरमा निरन्तररुपमा दबाब रहेको थियो। 

पहिलो ५ मिनेटमै यस बैंकको सेयर करिब ५ प्रतिशतले घटेपनि त्यसपछि सम्हालिएको थियो। कारोबार बन्द हुँदासम्म यस बैंकको सेयर ४.११ प्रतिशतले घटेको हो। करिब १९.५० रुपैयाँले घटेर ४५५ रुपैयाँ आज कारोबार बन्द भएको छ। गत साताभर बढेको सेयर मूल्य आज एकैदिन घटेको छ।

आइतबार सेयर बजारमा एनआईसी एसिया बैंकको ८ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। गत साताभरमा यस बैंकको सेयर १८ रुपैयाँले बढेको थियो। गत साताको पहिलो दिन ४६४ रुपैयाँमा कारोबार भएको यस बैंकको सेयर कारोबारको अन्तिम दिन ४८८.५ अंकको बिन्दुसम्म पुगेको थियो। 

पुँजीकोष मिलानमा एनआईसी एसियाको किर्ते, 'क्रेडिट रिस्क' घटाउन १ खर्ब ३३ अर्ब फर्जी आवासीय कर्जा पुँजीकोष मिलानमा एनआईसी एसियाको किर्ते, 'क्रेडिट रिस्क' घटाउन १ खर्ब ३३ अर्ब फर्जी आवासीय कर्जा एनआईसी एसियाको फर्जी आवासीय कर्जाविरुद्ध राष्ट्र बैंकले थाल्यो अनुसन्धान एनआईसी एसियाको फर्जी आवासीय कर्जाविरुद्ध राष्ट्र बैंकले थाल्यो अनुसन्धान गभर्नर अधिकारी भन्छन् - एनआईसी एसियामाथि अनुसन्धान भइरहेको छ, मेरो टेबलमा फाइल आउनासाथ निर्णय हुन्छ गभर्नर अधिकारी भन्छन् - एनआईसी एसियामाथि अनुसन्धान भइरहेको छ, मेरो टेबलमा फाइल आउनासाथ निर्णय हुन्छ


प्रकाशित : आइतबार, माघ २८ २०८०१६:२०
  • सम्बन्धित विषय:

  • # एनआईसीको फर्जी कर्जा


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend