बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

माल्टा पठाइदिने भन्दै ५ लाख रुपैयाँ ठगी गर्ने एकजना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २६ २०८०
माल्टा पठाइदिने भन्दै ५ लाख रुपैयाँ ठगी गर्ने एकजना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पाँच लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउपर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-१४ घर भई हाल काठमाडौं महानगरपालिका-३२ शान्तिनगर बस्ने धीरज पटेल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

'पक्राउ परेका पटेलले विवेक यादवलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पीडितबाट पटकपटक गरी पाँच लाख लिइ सम्पर्कविहीन भएपछि खोजी गर्ने क्रममा बिहीबार बबरमहलबाट पक्राउ गरी आज सार्वजनिक गरेका हौँ' उनले भने। 

पक्राउ परेका पटेलमाथि थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए। 


प्रकाशित : शुक्रबार, माघ २६ २०८०१७:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend